मंसिर ०९ गते बिहिबार, ॐ लेखि एक सेयर अनि हेर्नुहोस् राशिफल भाग्य कस्तो छ ?

हाम्रो सन्देश संवाददाता

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रेम र मित्रताको बन्धन कसिने दिन छ । विभिन्न सहयोग र उपहार पाइनेछ । यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धन कमाउने योग छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने छ । प्रिय साथीसँग पनि भेटघाट होला । काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । सवारी साधन चलाउँदा विचार पुर्याएर मात्र चलाउनु होला । खानामा सचेत रहनु पर्ने दिन छ । अनावश्यक झमेलामा परिएला । यात्राको क्रममा सावधान रहनु होला । काममा समस्या देखिएला । अनेक किसिमका झमेलामा परिएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला । ठुला ब्यक्तिसँग पनि भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अन्न लाभ होला । अनौठो खबर सुन्न पाइएला । तपाइको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ । आयआर्जन हुने दिन छ । यात्राको संभावना छ । नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ । अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला । टाढाको यात्राको पनि योग रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ । लेनदेनको काम पनि नगरेकै बेश होला । घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ । टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनु होला । धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन । समयको ब्यर्थ नाश होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
काममा सोचे जस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला । आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ । सोचेको काम समयमै सम्पन्न नहोला । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । अनावश्यक यात्राको योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कृषि क्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । काम गर्नमा थप जाँगर थपिने देखिन्छ । पैसा कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ । दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथै पैसा कमाइने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । तर, सफलता भने प्राप्त हुने छैन । ब्यर्थै समयको नाश होला । काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन् । विश्वास गरेकाले धोका दिेनेछन् । बिहान काम बन्नेछ, बेलुका सामान्य तनाब होला । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । मान सम्मान पनि पाउन सकिन्छ । पेशागत रुपमा समस्या देखिन सक्छ । केहि सुख केहि दुख हुनेछ ।