काठमाडौं ।
नेपाल सहित ९ देशका खोप नलगाएका यात्रुहरुले कतार फर्कदा अब ७ दिन मात्रै होटेल क्वारेन्टाइन बसेपुग्ने भएको छ ।
बुधबार ,अक्टोबर ६ देखि लागू हुनेगरी कतारी आईडी भएका र नयाँ भिसामा खोप नलगाई आउने व्यक्ती कतार आइसकेपछि ७ दिन मात्रै क्वारेन्टाइन बस्नुपर्ने नयाँ नियम यहाँको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको छ।
यसअघि कतार फर्कदा १० दिन सम्म क्वारेन्टाइन बस्नुपर्ने नियम थियो । यद्यपि खोप नलगाई भिजिट भिसामा आउने व्यक्तिहरुले भने अझै पनि कतार प्रवेश गर्न पाउने छैनन् ।
त्यस्तै कतार भित्र वा बाहिर कतार सरकारले मान्यता दिएको खोप लगाएका व्यक्तिहरु कतार फर्कदा दुई दिन होटेल क्वारेन्टाइन बस्नुपर्ने छ । साथै ७२ घन्टा भित्रको नेगेटिभ पिसिआर नतिजा पनि आवश्यक रहेको छ । तर पूर्ण खोप लगाएको १४ दिन पुर गरेको हुनुपर्नेछ ।
कतार सरकारले मान्यता दिएको खोप : १. फाइजर /बायोनटेक २. मोडर्ना ३. एस्ट्राजेनेका ४. जोनसन
कतार आइसकेपछी एन्टिबडी जाँच गर्नुपर्ने खोप ५.भेरोसेल ६. सिनोभ्याक ७. स्पुतनिक भि
कतार आउनका लागि के गर्ने ?
कतार आउनका लागि मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट पीसीआर परीक्षण गरेको ७२ घण्टाभित्रको नेगेटिभ प्रमाणपत्र साथमा हुनुपर्छ । नयाँ मापदण्डअनुसार कतारमा पहिलोपटक प्रवेश गर्ने यात्रुहरुले href=”https://www.ehteraz.gov.qa”https://www.ehteraz.gov.qa वेबसाइटमा गइ पीसीआर परीक्षणको प्रमाणपत्र, खोप लगाएको प्रमाणपत्र र अन्य सान्दर्भिक कागजातहरु अपलोड गरि प्रि-रजिष्ट्रेशन गर्नुपर्ने हुन्छ ।
यस्तै सबै यात्रुहरुले आफ्नो मोबाइलमा इटेराज मोबाइल एप्लिकेशन अनिवार्य डाउनलोड गरेर राखेको हुनुपर्छ । यसको लागि नेपालको सीमकार्डका पनि प्रयोग गर्न सकिने छ ।
कतार प्रवेश गर्नुअघि सबै यात्रुहरुले कतारको जनस्वास्थ्य मन्त्रालयको वेबसाइट वा सम्बन्धित एअरलाइन्सको अनलाइन बुकिङ फारममा उपलब्ध हुने प्रतिबद्धता पत्रमा आफ्नो विवरण भरेर हस्ताक्षर गरि यात्राको अवधिमा साथमा बोक्नुपर्ने हुन्छ ।