प्रहिलसँग हट अवतारमा देखिइन् एलिजा गौतम

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

मोडल तथा नायिका एलिजा गौतम गायक सुगम पोखरेल र गायिका रानी शाक्यको नयाँ गीत ‘तिम्रो हाँसो’को भिडियोमा हट अवतारमा देखिएकी छन् । उक्त गीतमा दधी अधिकारीको शब्द र कल्याण सिंहको संगीत छ ।

सिन्धुपाल्चोकको सुकेटमा समेत खिचिएको यो गीतको भिडियोमा एलिजा गौतम र प्रहिल कार्कीले अभिनय गरेका छन् । प्रहिलको नै निर्देशन रहेको यो गीतको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, आवेश बज्राचार्यको छायांकन, माधव बेल्वासेको सम्पादन छ ।

नायिका एलिजा गौतमलाई बिराट फिल्मस अवार्ड

चर्चित नायिका एलिजा गौतम बिराट फिल्मस अवार्डबाट सम्मानित भएकी छिन् । गौतमले ‘आटो पिठो’ गीतमा उत्कृष्ट मोडलबाट उक्त अवार्ड प्राप्त गरेकी हुन् ।

विराट मिडिया नेटवर्कको आयोजनामा राजधानीमा बिहीबार साँझ (हिजो) ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ सम्पन्न भएको हो । अवार्डमा विभिन्न विधामा रहेर स्रष्टालाई अवार्ड प्रदान गरिएको थियो । आयोजकले लामो समयदेखि नेपाली फिल्म र संगीत क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुलाई सम्मान र पुरस्कृत गरेको जनाएको छ ।

उक्त अवार्ड प्राप्त गरेपछि नायिका गौतमले सबैलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘‘आज धेरै खुसी छु, बिराट फ्लिम्स अवार्ड बाट “आटो पिठो“ गीतमा उत्कृष्ट मोडलबाट अवार्ड पाएको छु,तपाईहरुकै माया र साथको कारण अगाडि बढ्न सकेको छु ,अनबरत रुपमा यस्तै माया पाईराखु ,सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।