विवरण हेर्नुस नेपाल ई-पासपोर्ट बनाऊदा अब कति शुल्क तिर्नु पर्छ।

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

वैदेशिक यात्राका लागि यसअघि मशीन रिडेबल पासपोर्ट (एमआरपी) प्रयोग हुँदै आएकोमा बुधवारदेखि सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) कार्यान्वयनमा ल्याएको छ।

नयाँ पासपोर्ट लिनेहरूलाई अबदेखि विद्युतीय पासपोर्ट दिइने राहदानी विभागका अधिकारीहरूले बताएका छन्। सुरुका १० दिन परीक्षणको रूपमा हेरिने भएकोले सीमित सङ्ख्यामा मात्रै राहदानी वितरण गरिने बताइएको छ।

त्यसपछि भने प्राविधिक पक्षहरूको अध्ययन गरेर नयाँ बनाउन आउने वा पुरानो राहदानीको समयावधि सकिएका सबैलाई ई-पासपोर्ट नै दिइने अधिकारीहरूले बताएका छन्।

ई-पासपोर्टमा भएको विद्युतीय चिप्समा व्यक्तिको सबै विवरण हुने भएकोले साइबर कानुनका कतिपय जानकारले भने सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन्।

नेपाल सरकारले मंसिर १ गते बुधबारदेखि इ–पासपोर्ट जारी गर्न थालेको छ ।
काठमाडौंमा आयोजित विशेष समारोहमा परराष्ट्रमन्त्री नारायण खड्काले शताब्दी संस्कृतिविद् सत्यमोहन जोशीलाई देशको पहिलो इ–पासपोर्ट हस्तान्तरण गरेका हुन् ।

यसैबीच राहदानी विभागले नेपाल र विदेशमा रहेका नेपाली नियोगबाट इ–पासपोर्ट लिन लाग्ने शुल्क समेत सार्वजनिक गरेको छ ।

तल विवरणहरू छन्:

सरकारले इ–पासपोर्ट (इलेक्ट्रोनिक मेसिनले पढ्न सकिने यात्रा कागजात) छाप्न फ्रान्सेली कम्पनी छनोट गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ, आपूर्ति र डेलिभरी, स्थापना, परीक्षण र उपकरणको कमीशनिङ र राहदानी निजीकरणका लागि सबैभन्दा कम रकम (अमेरिकी डलर २१.१ मिलियन) को बोली लगाएकाले IDEMIA आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्स एसएएस छनोट गरिएको हो।