सुनको भाउ १६ सय रुपैयाँले घट्यो, यस्ताे छ आजकाे बजार भाउ !

हाम्रो सन्देश संवाददाता

७ मंसिर, काठमाडौं ।

सुनको भाउ आज १६ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९३ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज १६ सय रुपैयाँले घटेर ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यकाअनुसार अमेरिकाको केन्द्रीय बैंकको अध्यक्षमा जेरोम पावेल दोहोरिने सम्भावना भएसँगै सुनको भाउमा प्रभाव परेको हो ।

कोरोना महामारीका कारण अमेरिकाको अर्थतन्त्रमा परेको समस्यालाई समाधान गर्ने पावेलको रणनीतिको असर सुनमा परेको हुन सक्ने उहाँले बताउनुभयो । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर !

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७४ पैसा र बिक्री दर ११९ रुपैयाँ ३४ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ९९ पैसा र बिक्री दर १३४ रुपैयाँ ६७ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ५० पैसा र बिक्री दर १६० रुपैयाँ ३० पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ९३ पैसा र बिक्री दर १२८ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ १७ पैसा र बिक्री दर ८६ रुपैयाँ ६१ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ४६ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४० पैसा र बिक्री दर १० रुपैयाँ ४६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६१ पैसा र बिक्री दर १८ रुपैयाँ ७० पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६५ पैसा र बिक्री दर ३१ रुपैयाँ ८१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६१ पैसा र बिक्री दर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५१ पैसा छ ।