१८ वर्षीया किशोरी सुजितासँगै तीन जना युवक कोठाभित्र समातिए

हाम्रो सन्देश संवाददाता

६ मंसिर, काठमाडौं ।

१८ वर्षीया एक किशोरीसँगै एउटै कोठाबाट प्रहरीले तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्र ति ब न्धी त ला गुऔषध खैरो हे रो इनसहित सेवन गरिरहेको अवस्थामा भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालयका धनगढीका अनुसार गोप्य सूचनाको आधारमा धनगढी उपमहानगरपालिका- १३ राजपुरस्थित प्रेमसागर रानाको घरबाट चार जना युवायुवतीलाई पक्राउ गरिएको छ । घटनास्थलबाट राजपुरका आकाश राना, राजेश राना, राजकुमार राना र सुजिता रानालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरु सबै चारै जना १८ वर्ष उमेर समूहको रहेको प्रहरीले जनाएको छ । ला गु औषध सेवन गरिरहेको अवस्थाबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रतीक विष्टको भनाई छ । उनीहरुको साथबाट प्रहरीले तीन ग्राम ६९० मिलिग्राम ब्रा उ न सुगर बरामद गरेको छ ।

एमालेको समृद्ध नेपालको नीति सही छ : नेता थापा

नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य रामबहादुर थापाले दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकतावादलाई परास्त गरेर मात्रै समृद्ध नेपाल निर्माण गर्न सकिने बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘वर्तमान परिवेशमा एमालेको महाधिवेशन’ विषयक बहस कार्यक्रममा उहाँले समृद्ध नेपालको सही नीतिका साथ समाजवादको आधार निर्माणका लागि अग्रसर हुन आग्रह गर्नुभयो । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका नेता थापाले सही नीति र जनमत प्राप्त पार्टीलाई सत्ताबाट बाहिर ल्याएर पार्टी विभाजित गराउनु दक्षिणपन्थता भएकाले त्यसलाई परास्त गर्न एमालेको विधान महाधिवेशनबाट पारित दस्तावेज र नारा सही भएको उल्लेख गर्नुभयो ।