आज पनि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

हाम्रो सन्देश संवाददाता

५ मंसिर, काठमाडौं ।

आइतबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार तोलामा १ सय रुपैयाले घटेको सूनको मूल्य आज तोलामा ७ सय रुपैयाले घटेको हो ।

शुक्रबार तोलाको ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि ह्वात्तै घटेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेर प्रतितोला एक हजार दुई सय ६० रुपैयाँ कारोबार भइरहेको छ ।

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

बुधबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ८५ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९८ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर ४ सय रुपैयाँ ७१ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १९ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ३ सय २० रुपैयाँ ६० पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ १९ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६६ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६७ रुपैयाँ ९ पैसा तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ २६ पैसा तोकिएको छ ।