एमालेमा हङ्गामा: भीम रावलसहित १० शीर्ष नेता नयाँ पार्टी दर्ता गर्न पुगे निर्वाचन आयोग

हाम्रो सन्देश संवाददाता

४ मंसिर, काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । समूहगत छलफल पछि टोली नेताले केन्द्रीय कमिटी बैठकमा सुझाव प्रस्तुत गर्न थालेका छन् ।

१५-१७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने राजनीतिक,संगठनात्मक र विधान संशोधन मस्यौदा माथि समूहगत छलफल भएको थियो ।

समूहगत छलफलमा केन्द्रीय सदस्यहरुले राखेको सुझाव समूह नेताहरुले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिरहेका हुन् । समूहगत छलफल गर्न १० समूह बनाइएको थियो । तर १० समूहकै टोली नेता अध्यक्ष केपी शर्मा ओली निकट नेताहरु मात्रै बनेका छन् ।

१० बुँदे सहमति गरी एमालेमै बसेका कोही पनि समूह नेतामा चयन हुन सकेनन् । प्रदेशअनुसार, बनाइएको टोली नेतामा प्रदेश १ बाट हिक्मत कार्की,प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत

विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना,कर्णालीबाट यमलाल कँडेल, सूदुरपश्चिमबाट कर्ण थापा,उपत्यका विशेषबाट माधव ढुंगेल, जनसंगठनबाट खिमलाल भट्टराई र विभागबाट खगराज अधिकारी छन् ।

यी सबै नेता अध्यक्ष ओली निकट हुन् । ‘यो संयोग मात्रै हो । यसै गरौं भनेर भएको होइन’, एक नेताले भने । २ भदौमा माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि ५७ नेता १० बुँदे सहमति गरी एमालेमा बसेका थिए ।

स्रोतका अनुसार भीम रावलसहित १० नेताहरु नयाँ पार्टी दर्ता गर्ने तयारीमा जुटेका छन्। माधव नेपालको साथ छाडेका यी नेताहरुलाई एमालेमा अपमान गरेपछि नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग जाने तयारी भएको स्रोतले बतायो।

स्रोतका अनुसार एमालेमा तेस्रो धारका नेताहरुमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली,भीम रावल,घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत एमाले छाड्ने पक्का भएको छ ।