नेकपा एमालेका चर्चित नेताले दिए राजिनामा, को हुन् उनि ?

हाम्रो सन्देश संवाददाता

४ मंसिर, काठमाडौं ।

नेकपा एमालेका एक चर्चित नेताले पार्टीबाट राजीनामा दिएका छन्। शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेशन प्रतिनिधिहरुको निर्वाचनमा धाधली भएको भन्दै उनले राजीनामा दिएका हुन्।

नेकपा एमाले रुपन्देहीका चर्चित नेताले पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन्। पूर्व कृषि राज्यमन्त्री समेत रहेका एमाले नेता ओमप्रकाश यादव (गुल्जारी)ले शनिबार पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

मायादेवी गाउँपालिका–६ शिवपुर मर्चवारमा पत्रकार सम्मेलनको आयोजना गर्दै यादवले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह–इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।

उनले पार्टीको साधारण सदस्यमा भने रहने बताए। नेता यादवले महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा भएका गतिविधिबारे असन्तुष्टि जनाएका छन्।

उनले प्रतिनिधि छनोटका क्रममा भएका गतिविधिको छानबिन र समीक्षा गर्न समेत नेतृत्वसमक्ष आग्रह गरेका छन्। यादवले आफुलाई जिल्लामा काम गर्न पार्टी अध्यक्ष शिवराज सुवेदीबाट असहयोग भएको आरोप समेत लगाएका छन्।

उनले जिल्ला पार्टीका अध्यक्षबाट आफूलाई असहयोग भएको दाबी गर्दै ३ महिनाअघि नै पार्टी उपमहासचिव विष्णु पौडेललाई जानकारी गराएको पत्रकार सम्मेलन जानकारी दिए।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको मुखमा उनको राजीनामा आएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ। एमालेको १०औँ महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।

तेस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवसँगको वार्ता सहकार्य गरिने पक्का भएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग प्रचण्डले शनिबार खुमलटारमा भेट गरेका थिए।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘बिस्तारै परिवर्तनका एजेन्डालाई सुदृढ गर्ने, सहकार्य गर्दै एकतातिर पनि सोच्नुपर्छ भन्नेसम्मको समझदारी त हो, तर सहमति भैसकेको छैन।

प्रचण्डले विगतको सरकारसँग भएको तिीन बुँदे सहमति पछि पटक-पटक विप्लवसँग भेट हुने गरेको बताए। आज लामो समय गम्भीर कुराकानी भएको छ, तर भर्खरै एकता भैहाल्ने ठाउँमा पुगिएको छैनू, चुनावमा सहकार्य हुन्छ, यति चाहिँ पक्का हो।

पूर्वप्रधानमन्त्री प्रचण्डले अमेरिकी अनुदान फिर्ता नजाओस् भन्ने चाहेको बताए। अमेरिकी अनुदान एमसीसी पास गर्ने नगर्नेमा दलबीच एकता नभएका बेला उनले राष्ट्रिय समझदारीबाटै एमसीसी पारित हुने जिकिर गरे।

एमसीसीको ओरजिनल सहमति र त्यसपछिका सहमतिको बीचको अन्तरविरोधले समस्या देखा परेको होू, राजनीतिक दलबीचमा राष्ट्रिय सहमति गरेरै निकास निकाल्ने कोसिस हुनेछ,

अमेरिककाप्रति कुनै एलर्जी छैन। उनले छिटै अल पार्टी मिटिङ बसेर समस्या समाधान गरिने बताए । उनले सर्वोच्च अदालतमा देखिएको समस्या अदालतभित्रबाटै हल हुनुपर्ने बताए ।

गठबन्धनको उच्चस्तरीय समन्वय समितिको बैठकबाट चिन्ता व्यक्त गर्यौं, गम्भीरतापूर्वक अपिल गर्यौ। राजनीतिक दलले अदालतमाथि कुनै खालको दबाब, हस्तक्षेप गरेको कहिँ कतै नदेखियोस् भन्ने चाहना छ।