बेइजिङ ओलम्पिक बहिस्कार गर्ने अमेरिकाको चेतावनी, के हुन्छ अब ?

हाम्रो सन्देश संवाददाता

एजेन्सी।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२२ मा बेइजिङमा आयोजना हुने हिउँदे ओलम्पिक बहिस्कार गर्ने चेतावनी दिएका छन्।बेइजिङमा हुन लागिरहेको हिउँदे ओलम्पिक कूटनीतिक ढंगले बहिस्कार गर्ने बारेमा हामीले सोचिरहेका छौं।

राष्ट्रपति बाइडेनले भने। कूटनीतिक बहिस्कारको अर्थ कुनै पनि अमेरिकी अधिकारी खेलसँग सम्बन्धित गतिविधिमा संलग्न हुने छैनन्। अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिरहेका बेला अमेरिकाको पछिल्लो धारणा आएको हो।

सोमबार बाइडेन र चीनका राष्ट्रपतिबीच भर्चुअल बैठक सम्पन्न भएको थियो। करिव चार घन्टा लामो सो बैठकमा दुवै नेताहरुले ओलम्पिक खेलबारे छलफल नगरेको ह्वाईटहाउका महिला प्रवक्ता जेन पेसाकीले बताइन्।

कूटनीतिक बहिस्कारले खेललाई असर नगर्ने उनले बताइन्। चीनमा भइरहेका मानव अधिकार दुर्वयवहारका घटनाको विरोधमा अमेरिकाले कूटनीतिक तरिकाले बेइजिङ ओलम्पिक बहिस्कार गर्नुपर्ने डेमोक्रयाटिक र रिपब्लिक नेताहरुले बताउँदै आएका छन्। बेइजिङ ओलम्पिक आगामी ४ फेब्रुवरीदेखि सुरु हुँदैछ।

चीनले सिन्जियाङमा त्यहाँका अल्पसंख्यक मुसलमानको दमन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ। हङकङको राजनीतिक स्वतन्त्रततामा दमन गरेको भन्दै अमेरिकाले चीनको विरोध गरेको छ।

तेस्तै, चीन र भारतका सुरक्षा अधिकारीबीच चाँडै १४औ चरणको वार्ता हुने भएको छ। दुबै देशका सुरक्षा अधिकारी सम्मिलित सल्लाह र संयोजनका लागि कार्य संयन्त्र डब्लुएमसीसीको बिहीबारको भर्चुअल बैठकपछि पूर्वी लद्दाखमा तनाब अन्त्य गर्न अर्को बैठक बस्ने सहमति भएको हो।

पूर्वी लद्दाखमा देखिएको सीमा समस्या समाधान गर्न भारत र चीनका वरिष्ठ कमान्डरहरुबीच चाँडै १४औं चरणको वार्ता हुनेछ,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

सीमा क्षेत्रमा उत्तेजक गतिविधि नगर्न पनि दुवै देश सहमत भएको विज्ञप्तिमा जनाइएको छ। बिहीबार सम्पन्न बैठकमा दुबै पक्षले १० अक्टोबरमा कमान्डर तहमा भएको सीमा बैठकपछि विकसित घटनाक्रमको समीक्षा गरेका थिए।

प्याङगोङ तालनजिक दुबै देशका सेनाको आमने सामनेपछि गत वर्षको मे महिनामा लद्दाखनजिक चीन र भारतका सेनाबीच दोहोरो झडप भएको थियो। यसैबीच, सीमा विवाद बढिरहेका बेला चीनले,

भुटानी भूमिमा एउटा बस्ती बसालेको विवरण सार्वजनिक भएको छ। चीनको सैन्य विकासम्बन्धी एक विज्ञले सार्वजनिक गरेको स्याटलाइट तस्विरमा चीनले भारत र भुटानको सिमानजिकै,

१०० वर्ग किलो मिटर क्षेत्रमा नयाँ घरहरु बनाएको देखिएको हो। सो क्षेत्र सन् २०१७ मा चीन र भारतीय सेना आमने सामने भएको क्षेत्र दोक्लामनजिक पर्छ।