गायिका प्रविशा अधिकारीले गरिन् प्रेमी निर्माणसँग इन्गेजमेन्ट, मंसिरमा हुदैछ बिहे ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

गायिका प्रविशा अधिकारीले इन्गेजमेन्ट गरेकी छन् । गायिका अधिकारीले बिहीबर आफ्ना प्रेमी निर्माण सिटौलासँग इन्गेजमेन्ट (टिकाटालो) गरेकी हुन् ।

झापास्थित घरमा उनीहरूले इन्गेजमेन्ट गरेका हुन्। ​उनीहरूले आगामी आइतबार बिहे गर्ने बताइएको छ।

प्रविशा युवा पुस्तामा रुचाइएकी गायिका हुन्। द भ्वाइस किड्स कोच बनेपछि उनी चर्चामा छिन्। निर्माण झापा चारपानेका बासिन्दा हुन्। लामो समयदेखि अमेरिकामा बसोबासरत उनी बिहे गर्न दसैंअघि अमेरिकाबाट नेपाल आएका हुन्।

भर्चुअल माध्यमबाट लामो समयदेखि सम्बन्धमा रहे पनि निर्माण काठमाडौं आएपछि मात्र उनीहरूबीच पहिलोपटक भेट भएको थियो।

इन्गेजमेन्टकै लागि गायिका अधिकारी केही दिन अगाडि मात्रै झापा पुगेकी थिइन् । त्यस्तै निर्माण झापा चारापानेका भएता पनि लामो समयदेखि अमेरिकामा रहँदै आएका छन् ।