कतारमा आफन्ती बोलाउदा के के डकुमेन्ट चाहिन्छ ?

हाम्रो सन्देश संवाददाता

२ मंसिर, दोहा ।

भिजिट भिसामा आफन्त कतार ल्याउन मेट्राश २ एप मार्फत आवेदन दिन सकिन्छ । श्रीमान/श्रीमती छोराछोरी ल्याउन आफ्नो तलब कम्तिमा ५ हजार रियाल हुनुपर्दछ ।

त्यस्तै दाजुभाइ, दिदीबहिनी वा आमाबाबु लगायतका आफन्त ल्याउन तलब १० हजार रियाल हुनुपर्छ । कोभिड-१९ को कारण अहिले भिजिट भिसामा कतार आउने व्यक्तिले दुबै डोज खोप लगाएको हुनुपर्नेछ ।

यस्तो छ चाहिने अन्य कागजपत्र

श्रीमान श्रीमती / छोराछोरीको लागि

१. भिजिट भिसाको आवेदन फारम २. आफ्नो रोजगारदाता बाट एनओसी लेटर ३. कम्पनी कार्डको फोटोकपी ४. आउने व्यक्तिको पासपोर्ट कपी ५. ल्याउने व्यक्तिको आईडी

६. स्वास्थ्य बिमा ७. दोहोरो हवाई टिकट ८. श्रीमान श्रीमती, छोराछोरीको नाता प्रमाणपत्र ९. रोजगारदाता संगको काम करार पत्र १०. न्यूनतम तलब ५ हजार रियाल

अन्य आफन्त ( बुवाआमा / दाजुभाइ आदि )

१. भिजिट भिसाको आवेदन फारम २. आफ्नो रोजगारदाता बाट एनओसी लेटर ३. कम्पनी कार्डको फोटोकपी ४. आउने व्यक्तिको पासपोर्ट कपी ५. ल्याउने व्यक्तिको आईडी ६. नाता प्रमाणपत्र ७. श्रीमतीको आईडी कपी (श्रीमती संगै भए) ८. न्यूनतम तलब १० हजार रियाल