अर्को फिल्म खेल्दै एलिजा गौतम, भइन् अनुबन्ध

हाम्रो सन्देश संवाददाता

काठमाडौ ।

चलचित्र अनुराग खेलेकी अभिनेत्री तथा मोडन एलिजा गौतमले अर्को चलचित्र पनि खेल्ने भएकी छन् । उनी चलचित्र ‘घुइँचो’मा अनुबन्धित भएकी छिन् । रामजी दैलेखीले निर्माण गर्ने चलचित्र ‘घुइँचो’मा अनुबन्धित भएको एलिजाले बताएकी छन् । निर्माता दैलेखी र अभिनेत्री गौतमले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

चलचित्र ‘घुइँचो’ले नेपालको दुर्गम गाउँबाट अमेरिकासम्मको यात्रा गरेको एक युवाको संघर्ष भन्ने छ । आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्ने यो चलचित्रमा काम गर्ने अन्य कलाकारको खोजी भइरहेको निर्माता दैलेखीले बताएका छन् ।

चलचित्रमा काम गर्ने औपचारिक सम्झौता गरेपछि अभिनेत्री गौतमले आफूले लामो समयदेखि प्रतीक्षा गरेको चलचित्र पाएको उल्लेख गरिन् । उनले भनिन्, ‘मैले लामो समयदेखि यस्तै कथाको प्रतीक्षा गरिरहेको थिएँ । घुइँचोमा खोजे जस्तै कथा पाएपछि काम गर्न तयार भएको हुँ ।