घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

हाम्रो सन्देश संवाददाता

१ मंसिर, काठमाडौं ।

नेपालको सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले ओरालो लागेर ९४ हजार ३ सय रुपैयाँ तोकिएको छ। मंगलबार सुन मूल्य प्रतितोला ९४ हजार ८सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको बुधबारको मूल्य प्रतितोला रु ९३ हजार ८०० तोकिएको छ।

यसको मूल्य मङ्गलबार प्रतितोला रु ९४ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै बुधबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार २८० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

चाँदी आइतबार प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८५४ डलर आसपासमा कारोबार भइरहेको छ।