देउवा सरकारबाट आफ्ना मन्त्रीलाई किन फिर्ता बोलाउदैछन् माधव नेपाल ?

हाम्रो सन्देश संवाददाता

१ मंसिर, काठमाडौं ।

नवगठित नेकपा एकीकृत समाजवादी का नेतृत्वकर्ता माधव कुमार नेपालले देउवा सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउन लागेको अपुष्ट खबर छ । नवगठित नेकपा एकीकृत समाजवादी यतिबेला सत्तासीन छ । सरकारलाई गति दिनका लागि र अराजगता अन्त्यका लागि पाँचदलीय गठबन्धन बनेको छ ।

अहिले नेकपा एस सरकारमा सहभागी भइरहँदा मन्त्रीका चालचलन देखेर अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट बन्दै गएको स्रोत बताउँछ । मन्त्रीमा हुनुपर्ने सामान्य गुणको पनि ख्याल नगर्दा केही समस्या हुन्छ की भनेर नेपाल चनाखो बनेका छन् ।

केही अनुहारलाई मन्त्री बनाएर विवादमा तानिएका नेपाललाई उस्तै प्रवृत्ति भन्दै केहीले उछितो काटेका थिए । अब भने नेपाल सबै मन्त्रीका क्रियाकलाप हेरेर निर्णय लिने पक्षमा देखिएका छन् ।

नेपालले मन्त्रीहरुको चालचलन र आनीबानी हेर्नका लागि केही नेताहरुलाई खटाएको स्रोत बताउँछ । आगामी दिनमा केही मन्त्रीहरुलाई फिर्ता बोलाउने नेपालको तयारी छ ।

नवगठित नेकपा एकीकृत समाजवादी यतिबेला सत्तासीन छ । सरकारलाई गति दिनका लागि र अराजगता अन्त्यका लागि पाँचदलीय गठबन्धन बनेको छ ।