पार्टी बैठक निजी निवासमा ? यो हुन सक्दैन : प्रकाशमान सिंह

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ कात्तिक ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको निजी निवासमा पार्टी केन्द्रीय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टी व्यक्त गर्नु भएको छ । नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रीय कार्य समितिको बैठक सभापति देउवाको घरमा राखिएकोमा चर्को असन्तुष्टि व्यक्त गर्नु भएको हो ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति, काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले बूढानीलकण्ठ नदेखेको झैं गरेर सभापति देउवाले आफ्नै निवासमा कार्य समितिको बैठक गलत भएको उहाँले बताउनुभएको छ ।

नेता सिंहले सभापति देउवाको गृहजिल्ला डडेलधुरामा सम्पन्न वडा तथा पालिका अधिवेशनहरु समेत मान्य नहुने चेतावनी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘सत्ताको दुरुपयोग गरेर पुलिसको घेरामा डडेलधुरामा गरिएको अधिवेशन मान्न सकिँदैन ।

सिंहले क्रियाशील सदस्यताको विवाद देखिएका ठाउँमा पुरानै क्रियाशील सदस्यलाई मान्यता दिने पार्टीको सर्वसम्मत निर्णय तत्काल कार्यान्वयन गर्न पनि पार्टी नेतृत्वलाई दवाब दिनुभएको छ । उहाँले राजनीतिक न्याय दिन पार्टी नेतृत्वसँग माग गर्नुभयो ।

विधि र नियम उल्लंघन गरेर पार्टी नेतृत्वले सँधै कार्यकर्तामाथि अन्याय गरेको उहाँको ठहर छ । त्यसैले आफूहरुले राजनीतिक न्यायको खोजी गर्नु परेको तर्क गर्दै उहाँले भन्नुभयो, ‘पार्टी नेतृत्वले अब महाधिवेशन सार्ने अवस्था छैन । जन आस्था