QR Code सहितको भ्याक्सिन पछी मात्र विदेश जाने टिकट काट्न स्वास्थ्य मन्त्रालयको अनुरोध

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ कात्तिक ।

अहिले विदेश जानको लागी कोरोना विरुद्धको भ्याक्सिन लगाएको QR Code सहितको विधुतीय प्रमाणपत्र अनिवार्य छ । यस्तो प्रमाणपत्र आफैले घर बाट नै निकाल्न सकिन्छ । यसको लागी तपाईले आफ्नो मोबाईल वा कम्प्युटर मार्फत अनलाईन आवेदन दिनपर्ने हुन्छ । अनलाईन फारम भए पनि यो फारम भर्न भने केहि झन्झटिलो छ । किनभने तपाईले पहिला एउटा फारम डाउनलोड गरेर त्यसलाई कलमले भरेर औठाछाप लगाएर फेरी अपलोड गर्नुपर्ने हुन्छ । त्यसको लागी तपाई प्रिन्टर भएको ठाउँ सम्म पुग्नु पर्छ ।

अनलाइनमार्फत फारम भर्नका लागि सबैभन्दा पहिले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो वेबसाईट मा जानुपर्छ । आवेदन दिँदा चार वटा कागजात अनिवार्य रूपमा चाहिन्छ । नागरिकता वाअन्य परिचयपत्र, पासपोर्ट साइजको फोटो, कबुलियतनामा र खोप कार्ड अनलाइनबाटै अपलोड गर्नुपर्छ । कबुलियतनामा फारम वेबसाइटमै उपलब्ध हुन्छ । त्यसैले तपाईले नागरिकताको र खोप कार्डको फोटो खिचेर वा स्क्यान गरेर तयार राख्नुपर्छ ।

त्यसैगरी तपाई संग तपाइको पासपोर्ट साईजको फोटो पनि हुनुपर्छ अपलोड गर्नको लागी ! त्यस्तै तपाईले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यो वेबसाईट बाट कबुलियतनामा फारम पनि डाउनलोड गरेर भरेर त्यसको फोटो खिच्ने वा स्क्यान गरेर तयार राख्नुपर्छ । त्यसपछि तपाईले यो वेबसाईट मा गएर अनलाईन आवेदन दिनुपर्ने हुन्छ । कबुलियतनामा फारम डाउनलोड गर्न यँहा क्लिक गर्नुहोला ।

यो वेबसाईट मा गएर आफ्ना सम्पूर्ण व्यक्तिगत विवरण भर्नुहोस् । जस्तै नाम थर, ठेगाना, मोबाईल नम्बर, ईमेल, नागरिकता वा पासपोर्टको विवरण, पेशा, जातजाती, हालको स्वास्थ्य अवस्था, खोपको विवरण लगायत सम्पूर्ण विवरणहरु ठिक संग भर्नुहोस् । त्यसपछि तपाईले डकुमेन्टहरु अपलोड गर्नुपर्ने हुन्छ । ठुलो साईजको फोटो अपलोड गर्न नमिल्ने हुनाले तपाईले डकुमेन्ट अपलोड गर्दा तल फोटोमा देखाइए जस्तै ईरर आउन सक्छ ।