जनकपुरमा झडप, स्थिति नियन्त्रणमा लिन ७ राउण्ड अश्रु ग्यास प्रहार

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २७ कात्तिक ।

धर्मको विषयलाई लिएर जनकपुरमा प्रहरी र दुई समूहबीच झडप भएको छ ।

जनकपुर उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार भएको छ।

झडपमा केही सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । उनले झडप पछिको स्थितिलाई नियन्त्रणमा लिन ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको बताए ।

झडपको अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले धनुषाले प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

भोलि राति १० बजेसम्म लागू हुने निषेधाज्ञा पूर्वमा जलाद नदीको कल्‌री बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म कायम रहेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

मंगलबार पनि दुई समूहबीच ‘ग्याङ’ फाइट नै भएको हो। एउटा समूहका नाइके मारिए। अर्को समूहका नाइके फरार रहेका छन्। दुई समूहबीच योजनाबद्ध तरिकाले मुठभेड भएको प्रहरीले जनाएको छ।

यो मुठभेड अचानक भएको होइन, प्रहरी नायव उपरीक्षक सापकोटाले भने,‘योजनाबद्ध तरिकाले भएको मुठभेड हो। त्यसैले हतियारसहित युवाहरू टिकापुर पुगेका थिए।

घटनामा संलग्न नवीन रावल समूहका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। तर, नवीन रावल भने फरार रहेका छन्। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाइएको छ।

घटनापछि सुरक्षा खतरालाई मध्यनजर गर्दै प्रहरीले नवीन रावलका आमा बुबा र भाइलाई सुरक्षा घेरामा राखेको छ। उनीहरू चिसापानीस्थित संगम होटेल सञ्चालन गर्दै आएका थिए।