कतारमा भिजिट भिसामा आफन्त ल्याउन केके कागजपत्र चाहिन्छ ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २७ कात्तिक ।

भिजिट भिसामा आफन्त कतार ल्याउन मेट्राश २ एप मार्फत आवेदन दिन सकिन्छ । श्रीमान/श्रीमती छोराछोरी ल्याउन आफ्नो तलब कम्तिमा ५ हजार रियाल हुनुपर्दछ ।

त्यस्तै दाजुभाइ, दिदीबहिनी वा आमाबाबु लगायतका आफन्त ल्याउन तलब १० हजार रियाल हुनुपर्छ । कोभिड-१९ को कारण अहिले भिजिट भिसामा कतार आउने व्यक्तिले दुबै डाेज खोप लगाएको हुनुपर्नेछ ।

यस्तो छ चाहिने अन्य कागजपत्र

श्रीमान,श्रीमती / छोराछोरीको लागि

१. भिजिट भिसाको आवेदन फारम २.आफ्नो रोजगारदाता बाट एनओसी लेटर ३. कम्पनी कार्डको फोटोकपी ४. आउने व्यक्तिको पासपोर्ट कपी
५. ल्याउने व्यक्तिको आईडी ६. स्वास्थ्य बिमा ७. दोहोरो हवाई टिकट ८. श्रीमान/श्रीमती ,छोराछोरीको नाता प्रमाणपत्र ९. रोजगारदाता संगको काम करार पत्र १०. न्यूनतम तलब ५ हजार रियाल

अन्य आफन्त ( बुवाआमा/ दाजुभाइ आदि )

१. भिजिट भिसाको आवेदन फारम २. आफ्नो रोजगारदाता बाट एनओसी लेटर ३. कम्पनी कार्डको फोटोकपी ४. आउने व्यक्तिको पासपोर्ट कपी ५. ल्याउने व्यक्तिको आईडी ६. नाता प्रमाणपत्र ७. श्रीमतीको आईडी कपी (श्रीमती संगै भए) ८. न्यूनतम तलब १० हजार रियाल

कतारले राख्यो नेपाल सहित १० मुलुकलाई कोभिडको उच्च जोखिमको सूचिमा !

कतारले नेपाल सहित १० मुलुकलाई कोभिड-१९ को उच्च जोखिम सूचिमा राखेको छ । कतारको स्वास्थ्य मन्त्रालयको पछिल्लो मापदण्ड अनुसार नेपाल सो सूचिमा परेको हो ।

द पेनन्सुला कतारका अनुसार आगामी सोमवार (नोभेम्वर १५) देखि लागु हुनेगरी स्वास्थ्य मन्त्रालयले नयाँ सूचि सार्वजनिक गरेको हो । सो सूचि अनुसार नेपाल, बंगलादेश, ईजिप्ट, भारत, ईण्डोनेशिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, सुडान तथा दक्षिण सुडान एउटै सूचिमा परेका छन् ।

नयाँ सूचि अनुसार १ सय ८१ मुलुकहरु हरियो सूचिमा परेका छन् । हरियो सूचिमा रहेका मुलुकहरुबाट कतार आउने नागरिकहरुलाई सहज हुन्छ ।

यसैगरी २१ मुलुक भनें रातो सूचिमा परेका छन् । रातो सूचिबाट आउनेहरुले भनें क्वारेण्टीन लगायतको बढी प्रकृया पुरा गर्नुपर्दछ ।

खुल्यो नेपालमा कोरियन भाषा परिक्षा, कहिले हुँदैछ परिक्षा जानौं

अन्तत लामो समयको पर्खाईपछि कम्प्युटरमा आधारित सन २०२१ को विशेष परीक्षा अर्थात सिबिटी परीक्षा खुलेको छ। दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जाने मौका दिन यो कम्युटरमा आधारित परिक्षा (सिबिटी) परिक्षा पुष १ गते देखि ७ गतेसम्म तोकिएको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले मङ्सिर ६ देखि मंसिर ८ परिक्षा आवेदन फारम भर्न सकिने जनाएको छ।

परिक्षा तालिका घोषणा मङसिर २४ गते सार्वजनिक गर्ने र परिक्षा पुष १ गते देखि ७ गतेसम्म हुने कोरिया शाखा ग्वार्कोले जानकारी दिएको छ। परिक्षाफल जनवरी महिनामा सार्वजनिक गरिने भएको छ ।

दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जाने मौका दिन यो वर्षका लागि दोश्रो पटक कम्युटरमा आधारित परिक्षा (सिबिटी) परिक्षा भदौ १६ गते तोकिएको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले आषाढ ३० देखि श्रावण ०१ परिक्षा आवेदन फारम भर्न सकिने जनाएको छ।

परिक्षा तालिका घोषणा श्रावण २७ गते सार्वजनिक गर्ने र परिक्षा भदौ १६ गते देखि हुने कोरिया शाखा ग्वार्कोले जानकारी दिएको छ। परिक्षाफल कार्तिक १५ मा सार्वजनिक गरिने भएको छ ।

दक्षिण कोरियामा आज विहान भू’कम्पको ध’क्का म’हशुस गरिएको छ। कोरियाको दक्षिण पूर्वि शहर फोहाङमा शुक्रबार भू’क’म्प गएको हो। यसले खासै ठू’लो धन’जनको क्ष’ति भने नगरेको कोरियाको मौषम विभागले जानकारी दिएको छ।

भू’कम्प विहान १ बजे ३१ मिनेटमा गएको थियो। फोहाङ शहरको बुक वडा अफिसबाट १२ किलोमिटर उत्तरलाई केन्द्रवि’न्दू बनाई भू’कम्प गएको कोरियाली सन्चार माध्यमहरुले जानकारी दिएका छन।

कोरिया मेटेरोलोजिकल एजेन्सीका अनुसार यसको इपिसेन्टर करिब ८ किलोमिटर गहिराईमा रहेको थियो। भूक’म्पको ध’क्का ख्यङसानबुक्दो प्रदेशमा २ लेभलको मापन गरिएको थियो भने अन्य क्षेत्रमा लेभल १ मात्रै मापन भएको थियो।