एक महिनासम्म चितवन तिर फर्केर पनि नहेर्न प्रचण्डलाई चेतावनी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ कात्तिक ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कडा चेतावनी आएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य एवं प्रचार विभाग उपप्रमुख सुर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई एक महिना सम्म चितवन तिर फर्केर पनि नहेर्न चेतावनी दिएका हुन् ।

एक अनलाइन टेलिभिजनलाई दिएको अन्तवार्तामा नेता थापाले एमालेले चितवनमा महाधिवेशन गर्न लागेको बिषयमा बढि नबोल्न , चितवन तिर फर्केर पनि नहेर्न र कुनै डिस्टर्ब नगर्न प्रचण्डलाई सचेत गराएका छन् ।

प्रचण्डलाई टार्गेट गरेर एमालेले चितवनमा महाधिवेशन गर्न लागेको भन्ने चर्चाका विच नेता थापाले प्रचण्डलाई मूल्य दिइरहनु पर्ने या उनलाई देखाउँन एमालेले महाधिवेशन गर्नु पर्ने कुनै कारण नभएको जिकिर गरेका छन् ।

प्रचण्ड कुनै विकासको शक्ति नभइ विनासको, लोपउन्मुख र नासवान शक्ती भएको भन्दै थापाले उनलाई महत्व दिनु पर्ने कुनै कारण नभएको दावी गरेका छन् । प्रचण्डलाई हेरेर होइन चितवनका न्यायप्रेमी जनतालाई हेरेर महाधिवेशन गर्न लागीएको उनले बताए ।

प्रचण्डप्रति निकै कठोर रुपमा प्रस्तुत भएका थापाले चितवन प्रचण्डका बाउको सम्पत्ती नभएको भन्दै मुखभरिको जवाफ दिएका छन् । ‘चितवनमा जम्मा एक कठ्ठा जमिन हुने मान्छेले ठूला कुरा नगरुन चितवनमा प्रचण्डको एक कठ्ठा जमिन हो बाँकी न्यायप्रेमी जनताको हो’– थापाले भनेका छन् ।

प्रचण्डले अब कहीँ बाट पनि प्रत्यक्ष निर्वाचन जित्न नसक्ने दाबी गर्दै थापाले बरु उनी समानुपातिकमा बसुन भनेका छन् । छोरीलाई नेपाली काग्रेसको कृपाले मेयर बनाएको र बावुलाई एमालेको कृपाले सांसद बनाएको स्मरण गराउँदै उनले अब चितवन बाट जितेर देखाउँन पनि प्रचण्डलाई चुनौती दिएका छन् ।