काठमाडौँ ।
यदि तपाईंको कपाल पनि धेरै झर्छ भने बजारमा कुनै पनि महँगो सामान किन्नु पर्दैन। हामी घरको उपचार गरेर आफ्नो कपाललाई सुन्दर बनाउन सक्छौं र यो धेरै कालो र चमकदार हुनेछ।
मेथी साँच्चिकै अद्धभुत मसला हो जसले हाम्रो खानालाई स्वादिष्ट बनाउँदछ, र यो धेरै प्रकारका मसलाहरूमा प्रयोग गरिन्छ, जुन कुनै चीज स्वादिष्ट बनाउनका लागि धेरै महत्त्वपूर्ण हुन्छ।
मेथीको दानामा प्रोटीन, भिटामिन सी, फलाम, पोटाशियम र निकोटीन जस्ता पौष्टिक तत्त्व हुन्छन् जुन हाम्रो कपालका लागि अत्यन्त उपयोगी हुन्छ।
मेथिको दाना कपालमा उपयोग गर्नु
सर्वप्रथम मेथीलाई २ घण्टासम्म पानीमा भिजाएपछि भिजाएको मेथी र पानीलाई अलग अलग छानेर छुट्याउनुहोस्। अब यो पानीलाई उपयोग गर्नका लागी त्यस पानीलाई कपालमा लगाउनुहोस् । राम्रोको लागी मेथी पानीलाई रातिमा लगाएर सुत्नुहोस् र बिहान उठेर राम्रोसाग धुनुहोस्।
मेथीको मास्क बनाउन, मेथी पीसेर पाउडर बनाउँनुहोस् र नरिवलको दुधमा राम्रोसँग फेट्नुहोस् । त्यसपछि यसलाई आधा घण्टासम्म कपालमा लगाउनुहोस् र चिसो पानी प्रयोग गरी स्याम्पुले धुनुहोस्।
कपाल झर्ने समस्याको लागि, तपाईंले मेथीको दाना मज्जाले पिसेर पाउडरमा बनाउनुहोस् र यसमा नरिवल तेल वा जैतूनको तेल थप्न सक्नुहुन्छ।
अब यसरी तयार भएको पेस्टलाई जुन जुन ठाउँबाट धेरै कपाल झर्ने समस्या आइपरेको छ त्यस ठाउँमा यो पेस्ट लगाउनुहोस् र १० /१५ मिनेटसम्म छोड्दिनुहोस् र समय पुरा भइसकेपछि पानीले धुनुहोस्।
तपाईहरुले यस्लाई जरुर ट्राइ गर्नुहोस् । यो तपाईको झर्ने कपालको लागी एकदमै फाइदाजनक छ। तपाईहरुले यसलाई एक महिना वा हप्तामा २ / ३ चोटी उपयोग गर्नसक्नुहुनेछ । यदि यसको प्रयोग राम्ररी गरेमा कपाललाई अति सुन्दर र कपाल झर्नबाट बचाउँछ ।