तिब्बतको हिमनदीमा भेटियो १५ हजार वर्ष पुरानो भाइरस, कोरोना भन्दा शक्तिशाली

हाम्रो सन्देश संवाददाता

एजेन्सी।

वैज्ञानिकहरूले तिब्बती प्लेटोस्थित हिमनदीबाट ल्याइएको हिउँको नमुना अध्ययन गर्दा यसअघि पहिचान नभएका भाइरसहरू पत्ता लागेकोछ । यस क्रममा १५ हजार वर्षसम्म पुराना भाइरसहरू पत्ता लागेका हुन्।

गुलिया आइस क्यापको शिखरबाट खनेर ओहायो विश्वविद्यालयका वैज्ञानिक तथा माइक्रोबायोलोजिस्टले २०१५ मा दुईवटा हिउँको ढिक्का झिकेका थिए, यो स्थान समुद्री सतहबाट २२ हजार फिट माथि छ।

यसपछि अध्ययन टोलीले विश्लेषण गर्दा ३३ वटा भाइरस भेटिए, त्यसमध्ये कम्तिमा २८ वटा भाइरसहरू नयाँ थिए। चिसोका कारण यी भाइरसहरू बाँच्न सफल भएका थिए।

सम्भवत यो भाइरस माटो वा बिरुवाबाट उत्पन्न भएको हुनसक्छ। मानिस वा जनावरबाट यो भाइरस निस्किने सम्भावनालाई अध्ययनले निकै कम मानेको छ। अध्ययनकर्ताहरूका अनुसार यी भाइरसहरू मानिसका लागि हानिकारक पनि छैनन्।

हिमनदीमा रहेका यी भाइरसहरूबारे तुलनात्मक रूपमा धेरै कम थाहा छ । तर, जलवायु परिवर्तनका कारण हिउँ पग्लिरहेका बेला यो खोजीलाई निकै महत्त्वका साथ हेरिएको छ।

यसले सर्वसाधारणलाई ध्यानाकर्षण गराएको छ,’ अध्ययनमा संलग्न ओहायो विश्वविद्यालयका अर्थ साइन्सेज प्रोफेसर लोन्नी थम्पसनले भने। कोभिड १९ महामारीले माइक्रोबियल समुदायबारे अध्ययन गर्नुको महत्त्वबारे जागरण सिर्जना गरेको उनले बताए।

खगोल विज्ञानमा अनुसन्धान गर्न सम्झौता: नेपाल एष्ट्रोनोमिकल सोसाइटी नासोले खगोल विज्ञानका विषयमा अनुसन्धान र ज्ञान आदानप्रदान गर्न दुबईस्थित एमआइटीवाइ विश्वविद्यालयसँग सम्झौता गरेको छ।

सम्झौतापछि सोसाइटीले सो विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्नातक तहमा अध्ययनरत अन्तरिक्ष विज्ञानका विद्यार्थीलाई यस क्षेत्रमा हासिल गरेका ज्ञानका विषयमा तालिम दिइएको छ।

सोसाइटीले १४औँ वर्ष पूरा गरी १५औँ वर्ष प्रवेश गरेका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष सुरेश भट्टराईले सो विश्वविद्यालयसँग दुई वर्षअघि सम्झौता गरी यस क्षेत्रमा काम गर्ने जनशक्ति आदानप्रदान गर्ने वातावरण बनेको जानकारी दिए।

सोसाइटीले दुबईका विद्यार्थीलाई क्षुद्रग्रह खोज्नसमेत सिकाएको छ। कोरोना महामारीका कारण नेपालले भने सो विश्वविद्यालयसँग सिक्ने अवसर नबनेको सोसाइटीले जनाएको छ।

कार्यक्रममा दुबईको विश्वविद्यालयमा अन्तरिक्ष विज्ञानमा प्राध्यापन गर्दै आउनुभएका शरत्राज नन्दराजन अंसारी श्यामलाले दुई संस्थाबीचको सहकार्यले खगोल र अन्तरिक्ष विज्ञान विषयमा फाइदा पुगेको बताए।

मेक इञ्जीनियरिङका अर्केट महर्जनले खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धानमा टेलिस्कोपको उपयोगिताका बारेमा प्रकाश पारे । पुल्चोक इञ्जीनियरिङ क्याम्पसका उपप्राध्यापक डा सुदीप भट्टराईले नेपालमा अन्तरिक्ष विज्ञान अध्ययन, अध्यापन पुल्चोकमा भइरहेको जानकारी दिए ।

यस विषयमा चारवर्षे स्नातक तहमा अध्ययन गरिरहेका विद्यार्थीले एक वर्षपछि सो तह पूरा गर्न लागेको उनले सुनाए। त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र क्याम्पसका उपप्राध्यापक दयानिधि छत्कुलीले नेपालमा खगोल विज्ञानको अध्ययन अध्यापन हुन थालेपछि यस विषयमा रुचि राख्नेको सङ्ख्या पनि बढ्दै गएको बताए।

सोसाइटीका आजीवन सदस्य प्रेमराज जोशीले सुदूरपश्चिम प्रदेशका विद्यालय तहका विद्यार्थीमा खगोल विज्ञानका विषयमा चासो बढेको बताए। विद्यार्थी र शिक्षकको पहुँचमा टेलिस्कोप नभएकाले अध्ययन अनुसन्धानमा बाधा पुगेको उनको भनाइ थियो।

विसं २०६४ मा नेपालमा खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धी जनचेतनामूलक गतिविधि गर्ने उद्देश्यले सोसाइटीको स्थापना गरिएको थियो । सोसाइटीको स्थापनापछि यस क्षेत्रमा अध्ययन एवं अनुसन्धानका लागि वातावरण बनेको हो।