नेपाल प्रहरीका ९५ जना डीएसपीको सरुवा (सूची सहित)

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २५ कात्तिक ।

प्रहरी प्रधान कार्यालयले ९५ जना नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरुको सरुवा गरेका हुन् ।
प्रहरी नियमावली अनुसार डीएसपी सरुवाको अधिकार प्रहरी प्रधान कार्यालयसँग हुन्छ ।

कार्यकाल पुरा गरेका महानगरीय प्रहरी वृत्तका इन्चार्ज, इलाका प्रहरी कार्यालयका प्रमुख र जिल्लाहरुमा रहेका डीएसपीहरुको सरुवा भएको हो ।

प्रधानसेनापतिद्वारा उच्चपदस्थ भारतीय अधिकारीसँग भेटवार्ता
भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका रक्षामन्त्री राजनाथ सिंह र बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्करसँग आज अपराह्न बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ ।

नयाँदिल्लीस्थित बाह्य मामिला मन्त्रालयमा भएको भेटवार्तामा सद्भाव, पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल–भारत सम्बन्धका विविध विषयका साथै पारस्परिक हित र चासोका मुद्दामा विचार विमर्श भएको थियो । “नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई स्वागत गर्न पाउँदा खुशी लागेको छ । उहाँको यो भ्रमणले हाम्रो सम्बन्धको निकटतालाई प्रस्ट्याउँछ”, बाह्य मामिलामन्त्रीले ट्विट गर्नुभएको छ ।

त्यसैगरी रक्षामन्त्रीसँगको भेटमा नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका लागि नेपाली सेनाको आवश्यकता सम्बोधन र सहयोग, विज्ञ÷प्रशिक्षकको आदानप्रदान, उच्चस्तरीय तथा कार्यात्मकस्तरमा संयुक्त भ्रमण, संयुक्तरूपमा विपद् व्यवस्थापनका विषयमा छलफल भएको बताइएको छ ।

प्रधानसेनापतिले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि आजै द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच सुरक्षासम्बन्धी साझा चासोका विषयमा विचार आदान प्रदान भएको जनाइएको छ । यसैबीच, नयाँदिल्लीस्थित नेशनल डिफेन्स कलेजले आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत उहाँलाई ‘वाल अफ अनर’बाट विभूषित गरेको छ । उक्त सम्मान पाउने शर्मा पहिलो व्यक्ति हुनुहुन्छ । सन् २०१३ मा प्रधानसेनापति शर्माले उक्त कलेजबाट प्रतिरक्षा तालिम गर्नुभएको थियो ।