रामेछाप, २४ कात्तिक ।
रामेछापको मन्थलीस्थित आकाशेमा माईक्रोबस दुर्घटनामा परेर घाइते एक जनालाई काठमाडौं रेफर गरिएको छ ।
बा १ ज ७५८२ नम्बरको माईक्रो बस बुधबार बिहान ७ : ३० बजेको समयमा आकाशेबाट मन्थली बजार आउने क्रममा ब्रेक फेल भएर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मन्थली नगरपालिका वडा नं ३ डाडागाउँ बस्ने ३३ वर्षीय हरिबहादुर रोका घाइते भएका थिए । दुई जना सवार माईक्रोबस दुर्घटनामा पर्दा अन्दाजी ६ मिटर सडकबाट तलखसेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परेर घाइते रोकालाई तामाकोशी अस्पताल मन्थलीमा सामान्य उपचारपछि काठमाडौं रेफर गरिएको छ । उनले भने दुर्घटनामा रोकाको शरिरमा चोट लागेको दुबै खुट्ट पूर्णरुपमा नचलेकाले काठमाडौं लागिएको छ ।
दुर्घटनामा ३५ घाइते
धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ मा आज भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् ।
द्रुत गतिमा गुडेको सवारी साधन साँघुरो घुम्तीमा दुईवटा बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
धादिङबँेसीबाट चितवन गइरहेको ना५ख ३२३५ नंको बस र काठमाडाँैबाट धादिङबेँसी हँुदै फूलखर्कतर्फ आउँदै गरेको ना७ख ५८२८ नंको बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी जागेश्वर भण्डारीले बताउनुभयो ।
दुर्घटनामा घाइते भएका सबैको धादिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर अवस्थाका दुईजनाको थप उपचारका लागि ट्रमा सेन्टरमा पठाइएकोे छ । बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
केही यात्रुलाई बसमा चेपिएको अवस्थामा समेत उद्धार गरिएको थियो । दुर्घटनापछि सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडकलाई डोजरको सहायताले सवारी साधन हटाएर यातायात सञ्चालन गराइएको बताइएको छ ।