बादल गृहमन्त्री हुँदा केपी ओलीको पुजा गर्न हामीमाथि निर्मम कुटपिट गरेः आदर्श

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ कात्तिक ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा लामो समय जेल हिरासत भोगेका नेता चुडामणि वली आदर्शले तत्कालीन गृहमन्त्री राम बहादुर थापा बादलले केपी ओलीको पुजा गर्नलाई आफुहरुमाथी अत्याधिक दमन गरेको बताएका छन् । बादलको आदेशमा प्रहरीले आफुमाथी निर्मम तरिकाले कुटपिट समेत गरेको उनले बताएका हुन् ।

नेकपा गंगादेव गाउँपालिका रोल्पाले आयोजना गरेको अभिनन्दन कार्यक्रममा बोल्दै आदर्शले पार्टीमाथी सरकारले लगाएको प्रतिबन्दको बेला पक्राउ परेका नेता(कार्यकर्ताहरुलाई प्रहरीले निर्मम तरिकाले कुटपिट गरेको बताए । उनले भने,’हिजो हामीलाई बन्दुक बोक्न सिकाउने बादल कमरेडले अन्तिममा हामीलाई नै दमन गरेर निर्मम कुटपिट गरेका छन् । त्यसको हिसाबकिताब बाँकी छ । उहाँ जिउँदै हुनुहुन्छ ।’

आफुहरु बाजुराबाट पक्राउ पर्दा त्यहाँका तत्कालीन डिएसपी उद्धभसिंह भाट नेतृत्वको प्रहरीले गृहमन्त्री बादलको आदेश हो भन्दै आफुहरुलाई निर्मम तरिकाले बेहोस हुनेगरी कुटपिट गरेको उनले बताए । नेपालमा सरकार र प्रहरी प्रशासनले राज्य व्यवस्था सफल भएको कुराको उदांगो समेत पारेको उनले बताए ।

त्यस्तै उनले अब संसदीय व्यवस्था अन्त्य गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न सबै पार्टीहरु लाग्नुपर्ने बताएका छन् । उनले भने, ‘वैज्ञानिक समाजवादमा वर्गबिहिनी, जातीबिहिन, क्षत्रबिहिन हो । संसदीय व्यवस्था भनेको शासकहरुले लुटिखाने व्यवस्था हो ।’

त्यस्तै उनले प्रचण्ड नेतृत्वको माओबादी पार्टीले विप्लब नेतृत्वको पार्टीसंग एकता गर्ने भए संसदीय ब्यबस्था छोडेर आउन आग्रह गरे । जनयुद्दको उदेश्य संसदीय ब्यबस्था स्वीकार्ने नभएको बताउदै बैज्ञानिक समाजबादी ब्यबस्थाका लागि जनमत संग्रहमा सामेल हुन उननले अपिल गरेका छन ।

युद्द लडेका माओबादीहरु संसदीय ब्यबस्थामै बिलिन हुँदा नेपाली कांग्रेस भन्दा माओबादी केन्द्र भ्रष्ट भएको दावी समेत नेता वलीले गरे ।

कार्यक्रममा रोल्पाको गंगादेवमा जेल हिरासत मुक्त नेकपाका नेताहरुलाई स्वागत तथा सम्मान गरिएको थियोे । नेपाल कम्युनिष्ट पार्टी गंगादेव गाउँ कमिटीले आयोजना गरेको सम्मान कार्यक्रममा नेता तथा कार्यकर्ताहरुलाई अभिनन्दन भएको हो ।

नेकपाका केन्द्रीय सदस्य चुडामणि वली ‘आदर्श’, नेकपाका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज केश बहादुर बाँठा ‘सुबास’, लमजुङ जिल्ला सेक्रेटरी जंग बहादुर भण्डारी ‘आक्रोश,’ जनयुद्दका नेता बिश्व, पत्रकार गोपाल चन्द लगायतका नेताहरुलाई स्वागत तथा अभिनन्दन गरिएको हो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र जनसमुदायको उपस्थिति रहेको थियो ।