यस्ता छन् प्याज खानुका फाइदा, यी रोगहरु हुन्छन् चैट

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

भोजनमा वा सलादका रूपमा खाइने प्याज स्वास्थ्यका लागि लाभदायक हुन्छ । केही मानिस स्यान्डविच, चटनी तथा चाटका रूपमा पनि प्याज सेवन गर्छन् । तर प्याज त काँचै खाँदा पनि स्वास्थ्यलाई फाइदा गर्छ । सल्फर, अमिनो एसिड, एन्टीबायोटिक्स, फाइबर, क्यालिस्यम, आयोडिन, फस्फोरस, मिनरल्स र भिटामिनका गुणहरूले भरपूर एक काँचो प्याजको सेवनले गम्भीर रोगलाई पनि जरैबाट सिध्याउँछ । यहाँ हामी प्याजले निको पार्ने चार रोगको चर्चा गर्दैछौं ।

कब्जियत : प्याजमा भएका रेशाहरू पेटको रोगका लागि लाभदायक हुन्छन् । दिनदिनै एउटा काँचो प्याज खाँदा कब्जियत, ग्यास र एसिडिटीको समस्या समाप्त हुन्छ अनि पाचनतन्त्रले सुचारु रूपमा काम गर्छ ।

रक्तचाप : प्याजमा भएको मिथाइल सल्फाइड र अमिनो एसिडका कारण रक्तचापलाई नियन्त्रणमा राख्न सफल हुन्छ । दिनको एउटा काँचो प्याज खाएर उच्च रक्तचापबाट छुटकारा पाउनुस् ।

पत्थरी : बिहानै खाली पेट दुई चम्चा प्याजको रस पिउनुस् । नियमित रूपमा यसको सेवनले पत्थरीको समस्या सधैंका लागि सकिन्छ ।

मधुमेह : काँचो प्याज खाँदा शरीरमा इन्सुलिन बन्छ । दिनदिनै एउटा काँचो प्याज वा त्यसको रसको सेवनले मधुमेह निको पार्छ ।

घाँटी खसखसाउने : रुघा, कफ र घाँटी खसखसाउने समस्यालाई हटाउनका लागि प्याजको रसमा सक्खर र मह मिसाएर पिउनुस् ।

रक्ताल्पता : दिनदिनै एउटा काँचो प्याज खाँदा शरीरमा रगतको कमी हुन पाउँदैन । यसबाहेक प्याजमा भएका पोषक तत्त्वले रोगप्रतिरोधक क्षमता पनि वृद्धि गर्छन् ।

यस्तै भान्सामा दैनिक रुपमा प्याज प्रयोग हुन्छ। कतिपयले तरकारी–अचारमा प्याज हाल्छन् त कतिले सलादको रुपमा काँचै खान मन पराउँछन्। खासमा प्याज काँचै खानु बढी फाइदाजनक हुन्छ। काँचो प्याजले कैयौं मौसमी बिरामीबाट बचाउन सहयोग पुग्छ। साथै तपाईंको सुन्दरतामा पनि काँचो प्याजले निखारता ल्याउँछ।

प्याजमा पाइने फस्फोरस, म्याग्नेसियम, पोटासियम र भिटामिन सी ले हाम्रो शरीरलाई निरोगी बनाउन मद्दत पुग्छ। दिउँसोको खानाको साथमा सलादको रुपमा काँचो प्याज खाँदा पाचन शक्तिमा सहयोग पुग्छ। श्वासप्रश्वास सम्बन्धी रोगबाट बच्न पनि प्याज लाभदायी छ। प्याजले शरीरमा रक्तसञ्चार प्रवाह नियमित बनाइराख्न र शरीरमा ऊर्जा दिने काम गर्छ।

काँचो प्याजले एन्टिब्याक्टेरियाको पनि काम गर्छ। यसले हाम्रो शरीरमा ब्याक्टेरिया र भाइरसलाई बढ्न दिँदैन। साथै रुघा लाग्नबाट पनि हामीलाई बचाउँछ। लूबाट बच्न पनि प्याज अचूक औषधि हो। गर्मीमा लामो यात्रामा निस्किनु छ भने सलादको रुपमा खानासँग काँचो प्याज अवश्य खानुस्। यसले शरीरमा पानीको कमी हुनबाट पनि बचाउँछ।

दिउँसोको खानाको साथमा काँचो प्याज नियमित खाने गर्नाले रगतमा सुगरको मात्रा बढ्न दिँदैन। यसले शरीरमा क्यान्सरजस्तोे घातक रोगका लागि सेलको विकास हुनबाट रोक्छ। काँचो प्याज अनुहारका लागि पनि उपयोगी हुन्छ। काँचो प्याज लगाउने हो भने केही समयमै अनुहारको दाग हटेर जान्छ। साथै काँचो प्याजको सेवनले शरीरमा ब्लड सर्कुलेसन बढाउँछ र शरीरमा भएको ड्यामेज सेल रिपेयर गर्न मद्दत पुग्छ। एजेन्सी