माछापुच्छ्रे बैंकको संस्थापक सेयर बिक्रीमा.,कसरी दिने आवेदन?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ कात्तिक ।

माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका सेयरधनी सरद कुमार नेपालले आफ्नो नाममा रहेको १२ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लाग्नु भएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिदका लागि आजैका मितिदेखि (कात्तिक १८ गते) ३५ दिनभित्र निवेदन पेश गर्नुपर्नेछ ।

उक्त सेयर मूल्यमा उल्लेख गरिएको छैन । तोकिएको समयमा संस्थापकहरुबाट आवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति संघ÷संस्थालाई बिक्री गरिने सूचनामा उल्लेख छ ।

फेरी अर्को आइपीओ निष्काशन गर्ने तयारीमा :हेर्नुहोस?कहिले

स्मार्टच्वाइस टेक्नोलोजीले आइपीओ निष्काशन गर्ने भएको छ ।नयाँ व्यवस्थापनसहित एससीटीले आइपीओ जारी गर्ने गरी आवश्यक तयारीमा जुटेको छ ।कम्पनीलाई थप बलियो र प्रतिस्पर्धात्मक बनाउन सार्वसाधरणका लागि आइपीओ निष्काशन गर्ने तयारी रहेको छ ।

पेमेन्ट सर्भिस अपरेटरको रुपमा चलिरहेको यस कम्पनीलाई कार्ड सेवामात्र नभएर पूर्ण डिजिटल सोलुसन सेवा दिन पूर्वाधार तयारको काम भइरहेको कम्पनीले जनाएको छ ।

पहिला कार्डमा मात्र सीमित रहेको एससीटीले अब क्युआर सेवा, मोबाइल बैंकिङ, पस टर्मिनहरु, पेमेन्ट गेटवे सेवाहरु थप गरेको छ ।रविन्द्र मल्लले नेतृत्व गरेको व्यवस्थापनले कम्पनी सञ्चालन गर्न नसकेपछि अहिले नयाँ व्यवस्थापन आएको छ । संस्थागतरुपमा मुलुकका अग्रहणी बैंक तथा वित्तीय संस्थाहरुले यसमा लगानी गरेका छन् ।

यस कम्पनीमा ग्लोबल आइएमई बैंक, प्रभु बैंक र हिमालय बैंकको मुख्य लगानी रहेको छ भने विकास बैंकहरुमा सांग्रिला विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, ग्रिन विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकले एससीटीमा सहकार्य गरेका छन् ।