कतारी अमीरको तलब वृद्धि गर्ने घोषणा, बिदेशी कामदारको पनि तलब बढ्ने ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १९ कात्तिक ।

कतारले आ’प्रवासी अद’क्ष श्रमि’कका लागि तोकेको न्यूनतम तलबलाई पुन हेरफेर गर्न राजी भएको समाचार आएको छ ।

स्रोतका अनुसार कतारी अमिरले सो बिषयमा हरियो झण्डा देखाएका हुन् । कतारका नागरिक जस्तै कतारमा काम गर्ने बिदेशि कामदारको समेत तलब वृद्धि गर्ने अमिरले घोषणा गरेको बताइएको छ ।

उता ,प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले खाना र बस्नेबाहेक श्रमिकको न्यूनतम तलब एक हजार रियाल (झण्डै ३० हजार रुपैयाँ) तोकेको थियो । यो घ”रेलु कामदारको हकमा समेत लागू हुनेछ ।

उक्त तलबलाई वृद्धि गर्ने कुरामा कतार सरकार सकारात्मक भएको भनिएको छ ।

अन्तरास्ट्रिय मिडिया अनुसार सबै कम्पनीले अनिवार्य रुपमा न्यूनतम तलबलाई कार्यान्वयनमा ल्याउनुपर्छ । खाडीका ६ देशमध्ये कतारले मात्रै न्यूनतम तलब तोकी कार्यान्वयनमा ल्याएको आएको छ ।

यो तलब कतारमा कार्यरत र नया भिसा लिई जाने सबैको हकमा लागू गरिने समेत बताएको छ ।

बिश्वकप फुटबल २०२२ कतारमा हुने भए संगै कतारले श्रमिकहरुको लागि नियममा परिवर्तन ल्याउदै श्रमिकको लागि उपयुक्त गन्तब्य बनाउदै आएको छ ।

कतारस्थित नेपाली दूतावासले सबै श्रमिकले कतार सरकारद्वारा तय गरिएको न्यूनतम तलब पूर्ण रुपमा पाउनेमा विश्वास गरेको जनाएको छ ।

यता नेपाल सरकारले बैदेशिक रोजगारिमा जानेहरुलाई मध्यनजर गर्दै कोरोनाको खोप दिन सुरु गरेको छ । हरेक जिल्लामा बिदेश जानेहरुका लागि खोप दिन थालिएको हो ।