भाग्यमानीलाई फाइदै फाइदा, श्रीमतीले स्कुटी किन्दा, श्रीमानलाई मोटरसाइकल उपहार

हाम्रो सन्देश संवाददाता

धरान ।

धरानको नवदुर्गा अटो प्यालेसमा एक महिलाले स्कुटी किन्दा बाइक पनि हात पारेकी छिन् ।धरान–८ ट्राफिक प्रहरी कार्यालयसँगै रहेको अटो प्यालेसमा उनले सुजुकीको एक्सेस स्कुटर खरिद गरेकी थिइन् । सो स्कुटर खरिद गर्दा उनले लक्कीड्र कुपनमार्फत् मोटरसाइकल उपहार पाएकी हुन् ।

धरान-७ की पूजा ताम्राकारले सुजुकी ब्राण्डको स्कुटी खरिद गरेकी थिइन् । उनले उपहार पाएपछि श्रीमान निश्चल पलिखेलाई लिएर सो मोटरसाइकल लिएर फर्किए की छिन् ।अटो प्यालेसका प्रोप्राइटर दुर्गा भुजेलले २ लाख ६३ हजार ९ सय रुपैयाँको स्कुटर खरिद गर्दा उनले ३ लाख २९ हजार ९ सयको इन्टुडर मोटरसाइकल उपहार पाएको जानकारी दिए ।

यो मोटरसाइकल १५० सिसीको भएको र सुजुकीको उत्कृष्ट उत्पादनमा पर्नेमध्येको एक हो ।‘दशैं आयो, उमङग छायो’ अफर अन्तर्गत लक्की ड्र कुपनमार्फत् उनले मोटर साइकल उपहार पाएकी हुन् । प्यालेसका सञ्चालक भुजेलले नेपाल अधिराज्यभरिबाट सुजुकीको स्कुटर र मोटरसइकल खरिद गरेका

ग्राहकहरुमध्ये लक्की ड्र कुपनमार्फत् हरेक १५ दिनमा एकजना भाग्यशाली ग्राहकले सुजुकी इन्टुडर मोटरसाइक ल उपहार पाउने बताए ।त्यसैअन्तर्गत शुक्रबार गरिएको लक्की ड्रमा स्कुटर खरिद गरेकी उनले मोटरसाइकल उपहार पाएकी थिइन् । उनले मोटरसाइकल

समेत जित्दा हर्षित बनेको प्रतिक्रिया दिइन् । कार्यक्रममा उपस्थित नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरेलगायत अन्य पत्रकारहरुले पनि बधाई दिँदै चाबी हस्तान्तरण गरिएको थियो ।