बामदेब गौतम फेरी चर्चामा, ओलीलाई तनाव हुनेगरी गरे विशेष घोषणा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १८ कात्तिक ।

नेकपा एमाले परित्याग गरेर बसेका बामदेव गौतम फेरी चर्चामा आएका छन् । एमाले उपाध्यक्षबाट राजीनामा दिएर राजनीतिमा निस्कृय भएका गौतमले नयाँ चाल चालेपछि चर्चामा आएका हुन् ।

उनको यो चालले राजनीतिमा नयाँ तरङ ल्याएको छ ।

उनी सबै कम्युनिष्ठलाई एक बनाउने भन्दै माओवादी प्रबेश गर्न लागेका छन् । श्रोतले दिएको जानकारी अनुसार एउटै कम्युनिस्ट केन्द्र बनाउनका लागि माओवादी प्रबेश गर्ने तयारी गरिरहेका छन् ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, माधब नेतृत्वको नेकपा एकिकृत समाजवादी र एमालेलाई समेत एकताको सुत्रमा बाध्ने तयारी गरेको उनी निकट स्रोतको भनाई छ । माओवादीमा रहेका तर अहिले छुट्टिएका पार्टीलाई समेत एकताबद्ध गर्ने गौतमको योजना छ ।

समग्रमा सबै कम्युनिष्ठ बिचारधाराका मानिसलाई एक ठाउँमा ल्याएर बृहत कम्युनिष्ठ पार्टी बनाउने गौतमको योजना छ । तत्कालका लागि यसको सुरुवात माओवादी केन्द्रबाट गर्ने बुझिएको छ ।

उनाले नेकपा एमालेको ओली खेमा बाहेक सबैलाई एकतावद्ध बनाउने नीति लिएका छन् । नेकपा विभाजन हुन पूर्व पनि उनी पार्टीलाई एक ढिक्का बनाउने भन्दै मध्यमार्गी बाटो अपनाएका थिए ।

नेकपा फुटेर एमाले र माओवादी छुट्टा छुट्टै हुँदा एमालेमा गएका उनी एमालेलाई एकताबद्ध गर्न नसकिएको भन्दै राजीनामा दिएका थिए ।

उनले नेकपा एमालेका सम्पूर्ण कमिटि तथा साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएका थिए । राजीनामा दिएपछि एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीसँग पनि छलफल चलाएका थिए ।

माधव नेपालले जबजको औचित्य समाप्त भएकाले नयाँ विचारसहित अगाडि बढ्ने बताएपछि उनी माधव नेपालबाट पनि रिसाएका थिए । उनले जबर छोड्न नहुने अडान राखिरहेका छन् ।