काठमाडौ ।
एक युवतीले आफ्नो विवाहका बारेमा अनेक कल्पना सजाएकी हुन्छिन् । आफ्नो जीवनसाथी इमान्दार र आफुलाइ माया गर्ने होस् भन्ने चाहना हुन्छ । तर सबै युवतीको त्यस्तो चाहना भने पुरा नहुने रहेछ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २२ वर्षीया ब्रिन्दा (परिवर्तित नाम) एक युवतीको जीवनमा भने नसोचेको घटना भएको छ ।
उनका वुवा सानो पसल चलाउँथे । माइतमा जीवन निकै रमाइलो र सहज थियो । बुवाआमाले देखाएको युवकसंग विवाह गरिन् । उनलाई सानी आमाले विवाहको कुरा ल्याएकी थिइन् । युवतीलाई त विवाह गर्ने इच्छा थिएन । तर परिवारको खुसीका लागि उनले आफ्नो इच्छालाई महत्व दिइनन् । त्यसैले उनले २०७४ साल बैशाखमा अर्घाखाँची पढेनीका दुर्गासंग विवाह गरिन् ।
उनलाई दुर्गा वैदेशिक रोजगारीका लागि कतारमा बस्छन् भनिएको थियो । कक्षा ११ पढ्दै गरेकी उनी एक वर्ष माइतमै बसेर पढाई पुरा गरिन् । तर जव उनी श्रीमानको घर गइन् त्यसपछि उनको जीवनमा सरप्राइज सुरु भयो । कतारमा बस्छन् भनिएका श्रीमानको काम त भारतमा रहेछ । उनले श्रीमतीलाई भारत लिएर गए ।
भारतको दिल्लीमा उनले गर्ने काम थाहा पाएर थप सरप्राइज भइन् । राम्रो काम गर्छन होला भन्ने लागेको थियो । तर उनले त एम मार्फत कल गर्लहरुसंग स म्प र्क गरेर ग्राहकसंग डिल गर्ने काम गर्दा रहेछन् । ग्राहकले के टी चाहियो भनेपछि एप मार्फत युवतीका फोटो पठाउने र उनीहरुसंग डिल गर्ने काम गर्दा रहेछन् ।
यो सब श्रीमानको काम युवतीलाई मन परेन । उनले आफुलाई घर लगिदिनु भनिन् । उनका कुरा श्रीमानले सुनेनन् । श्रीमतीलाई पनि त्यस्तै ध न्दा मा लगाउने उनको योजना थाहा पाएर थप ड रा इ न् । जसोतसो गरेर उनलाई श्रीमानले नेपाल ल्याए । त्यतीबेला सम्म छोरी जन्मिएकी थिइन् ।