अमेरिकामा अक्टोबरमा पाँच लाख ७१ हजार नयाँ रोजगार अवसर, यस्तो छ प्रक्रिया

हाम्रो सन्देश संवाददाता

वासिङ्गटन ।

निजी व्यवसायीहरूले गत महिना पाँच लाख ७१ हजार मानिसहरूलाई रोजगारीका लागि प्रतिवद्धता जनाएका पेरोल सेवा फर्म (एडीपी)ले बुधबार जानकारी गराएको छ ।

यो कोभिड–१९ को डेल्टा लहरबाट प्रभावित बनिरहेका समय अमेरिकी अर्थव्यवस्थामा राहतको एक नवीनतम संकेत हो । निजी क्षेत्रको यो प्रयास रोजगार वृद्धिसम्बन्धी विश्लेषकहरूले पूर्वानुमान गरेभन्दा राम्रो भएको बताइएको छ ।

ठूला मझौला तथा साना सबै आकारका फर्महरूले नयाँ पद थपेका कारण निजी क्षेत्रमा नयाँ रोजगारीका अवसरमा वृद्धि देखिएको छ ।

सेवा क्षेत्रमा भएको अधिकांश वृद्धिमा महामारी प्रतिबन्धको कारण नराम्ररी प्रभावित भएका मनोरञ्जन र आतिथ्य प्रदायक व्यवसायहरू पनि समावेश रहेका बताइएको छ ।

शेयर बजारमा आज सामान्य अंकको बृद्धि

आज नेप्से परिसूचक सामान्य अंकले बढेको छ । साताको चौथो दिन आज नेप्से ५ दशमलव २२ अंकले बढेर २८ सय ४८ दशमलव ८४ को विन्दु कायम भएको हो । त्यस्तै, सेन्स्ेटिभ इन्डेक्स पनि आज ० दशमलव ५२ अंकले बढेर ५३० दशमलव ८९ उच्च विन्दुमा रोकिएको हो ।

आज दिनभरिमा २२९ वटा कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५५ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको १ अर्ब १७ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।