स्कटल्याण्डमा रहेका प्रधानमन्त्री देउवाले सुन्न पर्यो अत्यन्तै दुःखद खबर, नेता कार्यकर्ता निराश

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ कात्तिक ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिमा भाग लिन स्कटल्याण्ड गएका छन्। देउवाले त्यहाँ भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।

नेपाल भारत सम्बन्धका विषयमा कुरा हुँदै गर्दा देउवाले नेपालबाट दुःखद खबर सुन्न परेको छ। दुई देशका प्रधानमन्त्री गफिदै गर्दा देउवाले नेपाली कांग्रेसका प्रभावशाली नेतहरु एमाले प्रबेश गरेको खबर सुन्न परेको हो।

दैलेख जिल्लाको आठबीस नगरपालिकाका चर्चित नेताहरु एमाले प्रबेश गरेका हुन्। एमालेको पहिलो नगर अधिवेशन उद्घाटन सत्रमा आठबीस नगरपालिका– १ मा तीन कार्यकाल काँग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भक्तबहादुर थापासहित नेताहरु एमाले प्रबेश गरेका हुन्।

प्रबेश गर्नेमा सोही वडाका लालबहादुर थापा र वडा नम्बर ६ राँताका जगतप्रसाद आचार्य लगायत रहेका छन्। प्रभावशाली व्यक्तिहरुनै अर्को पार्टीमा प्रबेश गरेपछि कांग्रेसलाई दैलेखमा नराम्रो झड्का लाग्ने छ।

नेकपा एमालेका नेता विनोदकुमार शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण तत्कालीन नेकपाको बहुमत आएकोसमेत बताएका थिए।आज आठबीस नगर कमिटीको पहिलो अधिवेशनलाई उदघाटन गर्दै नेता शाहले दुई पार्टीबीच कार्यगत एकता भएको,

र त्यसैमा ओलीको छविका कारण बहुमत आएको बताएका हुन्।अधिवेशनमा नगर अध्यक्षमा अमरबहादुर माझी, छिताराम विक, हर्कबहादुर शाही, पर्वसिंह विक, दिपेन्द्रराज खनाल, वीरबहादुर माक्र्सवादी, हिक्मत बस्नेत र हरि शाहीको दाबी छ।

तेस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको योजनामा गम्भीर धक्का लाग्ने संकेत देखिएको छ । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पूर्वप्रधानमन्त्री प्रचण्ड र ओलीको चर्को आलोचना गरेका हुन्।

नारायणगढमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले प्रचण्डले चितवन कांग्रेसलाई दिएको धोकाको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । ‘१० वर्षसम्म कांग्रेससँग गठबन्धन हुन्छ भन्दै रेणुका लागि भोट मागे,

पार्टीको केन्द्रीय निर्देशन मान्यौं,’ उनले भने, ‘रेणुले चुनाव जितेलगत्तै काठमाडौं पुगेर ओलीसँग हात मिलाए, चितवन कांग्रेस अब झुक्किँदैन, म फेरि भन्छु चितवन कांग्रेसले रुखमा बाहेक अन्यत्र भोट हाल्दैन।

स्थानीय तहको चुनावमा कांग्रेस९माओवादी गठबन्धन गरेर भरतपुर महानगरमा मेयरमा रेणु दाहाललाई जिताउन कांग्रेस लागेको थियो। त्यो बेला गठबन्धन भए पनि चितवनका अन्य स्थानीय तहमा दुवै पार्टी एक्लाएक्लै प्रतिस्पर्धामा उत्रेका थिए।

सत्ता गठबन्धनमा सँगै रहेको माओवादीकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन क्षेत्र नम्बर ३ मा गठबन्धनको उम्मेदवार मानेर भोट हाल्नुपर्ने पो हो कि भन्ने चिन्ता सुरु भएको देखिन्छ।यहि ९ गते प्रचण्डले अन्तिम पटक चितवनबाटै उम्मेदवारी दिने अभिव्यक्ति दिइसकेका छन्।

प्रचण्डको रणनीति बुझ्यौं, जसरी झुक्काइयो, अब झुक्किन्नौं,’ श्रेष्ठले भने, ‘रुखमा बाहेक अन्यत्र भोट हाल्दैनौं भन्दा प्रचण्डलाई ज्वरो किन आउनुपर्यो ? १२ गते प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएपछि कांग्रेस कार्यकर्ता खुशी हुनुको साटो लखेट्ने कुरा गर्नु विडम्बना भएको बोलेका थिए।

रेणु र मलाई लखेट्ने भनेर सभापति भन्ने बोलेछन् भनेर प्रचण्डले बोल्नुभएछ,’ श्रेष्ठले जवाफ दिए, ‘सभापति भन्नेले होइन, चितवन कांग्रेसको सभापति हो भनेर राम्रोसँग बुझ्दा हुन्छ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन कांग्रेसलाई दिएको धोकाको मुल्य चुकाउनु पर्ने चेतावनी दिएका छन।

नारायणगढमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै श्रेष्ठले प्रचण्डले चितवन कांग्रेसलाई दिएको धोकाको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन।

१० वर्षसम्म कांग्रेससँग गठबन्धन हुन्छ भन्दै रेणुका लागि भोट मागे, पार्टीको केन्द्रीय निर्देशन मान्यौं, रेणुले चुनाव जितेलगत्तै काठमाडौं पुगेर ओलीसँग हात मिलाए, चितवन कांग्रेस अब झुक्किँदैन, म फेरि भन्छु, चितवन कांग्रेसले रुखमा बाहेक अन्यत्र भोट हाल्दैन,’ सभापति श्रेष्ठले भने।

स्थानीय तहको चुनावमा कांग्रेस माओवादी गठबन्धन गरेर भरतपुर महानगरमा मेयरमा रेणु दाहाललाई जिताउन कांग्रेस लागेको थियो । सभापति श्रेष्ठले अब त्यस्तो नहुने ठोकुवा दाबी गरेका छन ।‘प्रचण्डको रणनीति बुझ्यौं, जसरी झुक्काइयो, अब झुक्किन्नौं, रुखमा बाहेक अन्यत्र भोट हाल्दैनौं।

भन्दा प्रचण्डलाई ज्वरो किन आउनुपर्यो ?’ श्रेष्ठले पश्न गरे ।यही कात्तिक १२ गते प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएपछि कांग्रेस कार्यकर्ता खुशी हुनुको साटो लखेट्ने कुरा गर्नु विडम्बना भएको भन्दै आक्रोश पोखेका थिए।

सो बिषयमा चितवन कांग्रेसका सभापति श्रेष्ठले जवाफ फर्काएका हुन। उनले माओवादी अध्यक्ष प्रचण्डको चुनाव चिह्नको भर नै नभएको भन्दै व्यङ्ग्य समेत गरेका छन। प्रचण्डलाई भ्रम होला, कहिले सूर्य,

कहिले नेकपा, कहिले हसिँया हथौडा बोकेर हिड्नुहुन्छ,’ श्रेष्ठले भने, ‘सर्लाहीमा पुग्यो समाजवादीसँग गठबन्धन हुन्छ भन्नुहुन्छ, जेजे मन लाग्छ पार्टीमा गर्दा हुन्छ, हाम्रो पार्टीले कसैसँग गठबन्धन गर्दैन। इमान्दार मेडिया बाट