प्रचण्डले चितवन कांग्रेसलाई दिएको धोकाको मुल्य चुकाउनु पर्ने चेतावनी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ कात्तिक ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन कांग्रेसलाई दिएको धोकाको मुल्य चुकाउनु पर्ने चेतावनी दिएका छन ।नारायणगढमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै श्रेष्ठले प्रचण्डले चितवन कांग्रेसलाई दिएको धोकाको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन ।१० वर्षसम्म कांग्रेससँग गठबन्धन हुन्छ भन्दै रेणुका लागि भोट मागे, पार्टीको केन्द्रीय निर्देशन मान्यौं, रेणुले चुनाव जितेलगत्तै काठमाडौं पुगेर ओलीसँग हात मिलाए, चितवन कांग्रेस अब झुक्किँदैन, म फेरि भन्छु, चितवन कांग्रेसले रुखमा बाहेक अन्यत्र भोट हाल्दैन,’ सभापति श्रेष्ठले भने।

स्थानीय तहको चुनावमा कांग्रेस माओवादी गठबन्धन गरेर भरतपुर महानगरमा मेयरमा रेणु दाहाललाई जिताउन कांग्रेस लागेको थियो । सभापति श्रेष्ठले अब त्यस्तो नहुने ठोकुवा दाबी गरेका छन ।‘प्रचण्डको रणनीति बुझ्यौं, जसरी झुक्काइयो, अब झुक्किन्नौं, रुखमा बाहेक अन्यत्र भोट हाल्दैनौं भन्दा प्रचण्डलाई ज्वरो किन आउनुपर्यो ?’ श्रेष्ठले पश्न गरे ।

यही कात्तिक १२ गते प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएपछि कांग्रेस कार्यकर्ता खुशी हुनुको साटो लखेट्ने कुरा गर्नु विडम्बना भएको भन्दै आक्रोश पोखेका थिए ।सो बिषयमा चितवन कांग्रेसका सभापति श्रेष्ठले जवाफ फर्काएका हुन । उनले माओवादी अध्यक्ष प्रचण्डको चुनाव चिह्नको भर नै नभएको भन्दै व्यङ्ग्य समेत गरेका छन ।प्रचण्डलाई भ्रम होला, कहिले सूर्य, कहिले नेकपा, कहिले हसिँया हथौडा बोकेर हिड्नुहुन्छ,’ श्रेष्ठले भने, ‘सर्लाहीमा पुग्यो समाजवादीसँग गठबन्धन हुन्छ भन्नुहुन्छ, जेजे मन लाग्छ पार्टीमा गर्दा हुन्छ, हाम्रो पार्टीले कसैसँग गठबन्धन गर्दैन ।’

यो पनि पढ्नुहोस् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशभरको जमिनको समस्या समाधानमा अवरोध गरेको आरोप लगाएका छन् । चितवनको सौराहामा पार्टीका कार्यकर्तासँग अन्तर्क्रिया गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारको बेला डिजिटल प्रणालीबाट जमिनको समस्या समाधानको प्रयास गरेको र राम्रो काम गरेको सहन नसकेर प्रचण्ड र माधव नेपालले सरकार ढालेको ओलीले आरोप लगाए ।

‘भूमिको समस्या समाधान हुन नदिने भनेको मुख्य रूपमा प्रचण्ड र माधव नेपाल हुन् । तेस्रो रूपमा कांग्रेस हो । अरुको बुता चल्दैनथ्यो यो रोक्न । यिनीहरूले २०५१ सालदेखि असफल पारेको पार्‍यै छन्,’ ओलीले भने । आफू प्रधानमन्त्री हुँदा ठूला आयोजनाको अनुगमन सिंहदरबारबाटै गर्न मिल्ने व्यवस्था गरिएको, देशभरको माटो अवस्था बताउने, आफ्नो नक्सा हेर्न मिल्ने गरी मेरो कित्ता नामको एप्स बनाएको सौराहमा ओलीले बताएका थिए ।

‘नेपाललाई आधुनिक विकासमा लैजानका लागि चाहिने आधारभूत कुराको तयारी गर्दै थियौं, त्यो हुन दिएनन्,’ ओलीले भने । अन्तर्क्रियामा ओलीले भने, ‘८ वटा नयाँ औद्योगिक क्षेत्रहरू बनाउन प्रस्ताव गरेका छौं । सबै प्रदेशमा १–१ वटा र लुम्बिनी प्रदेशमा २ वटा औद्योगिक क्षेत्र बनाउन लागेका थियौं । एउटा औद्योगिक क्षेत्रमा कमसेकम ९०० विगाहदेखि २ हजार १०० विगाहसम्मको जमिनमा बनाउन खोजेका थियौं । पहिलेको जस्तो यत्रो–यत्रो (हातले सानो इशारा गर्दै) २०–३० विगाहको औद्योगिक क्षेत्र होइन ।’

ती औद्योगिक क्षेत्र वातावरणमैत्री बनाउन लागिएको र नाम पनि इन्डस्ट्रियल पार्क राखिएको ओलीले बताए । ‘हामीले नाम पनि इन्डस्ट्रियल पार्क भनेर राखेका थियौं । अब यो काम अरुले गर्दैन, नेकपा एमाले नै मजबुत चाहिन्छ,’ ओलीले भने । पिकनिक गरेर रंगशाला बन्छ ?चितवनमा धुर्मुस–सुन्तली फाउन्डेसनले बनाइरहेको क्रिकेट रंगशालाको विषयमा पनि ओलीले टिप्पणी गरेका छन् ।

‘यहाँको रंगशाला यसरी नगरौं भनेको थिए । जिद्दी गरेर खप्नखान भएन । लौ न त भनेर दिएको, अहिले अलपत्र जस्तो छ,’ ओलीले भने, ‘कहीँ वनभोज कार्यक्रम गरेर रंगशाला बन्छ ? ३०० करोडको रंगशाला पिकनिक कार्यक्रम गरेर बन्छ ? पिकनिक कार्यक्रममा जाने पैसा उठाउने, रंगशाला बनाउने भन्ने पनि हुन्छ ?’संवैधानिक व्यवस्था अनुसार बढीमा १३ महिनामा निर्वाचन गर्नुपर्ने र त्यसपछि एमालेको एकल बहुमतको सरकार बनाउने दाबी पनि ओलीले दोहोर्‍याएका छन् ।