विमानस्थलमा लफडा, सांसद काण्डले मच्चायो हंगामा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ कात्तिक ।

बेल्ट फुकालेपछि ‘सालेहरु‘’ भन्दै सांसद सरासर भिआईपीतिर छिरे १ महिला प्रहरी तात्तिँदै थिए १ तर, पुरुष हाकिमले वास्तै गरिदिएनन् १ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आन्तरिक टर्मिनलको प्रवेशद्वारमा अस्ति सोमबार बिहान पौने ११ बजेको घटना हो यो ।

कञ्चनपुर क्षेत्र नं। २ का एमाले सांसद नरबहादुर धामीले हो, आफ्नो बेल्ट खोल्न लगाएबापत महिला प्रहरीलाई ‘साले’ भन्दै गाली गरेको । संसदीय समितिको टोलीमा मिसिएर रामेश्वर राय यादव, विमल श्रीवास्तवहरुसहित श्री एयरलाइन्सको उडानबाट धनगढीका लागि प्रस्थान गर्न नरबहादुर त्यहाँ पुगेका थिए ।

काउण्टरबाट बोर्डिङ पास लिएपछि झोलाहरु एक्सरे मेसिनमा हाल्ने र यात्रुले साथमा भएका बेल्ट, पर्सहरु खोलेर राख्नुपर्ने नियमअनुसार प्रहरीले नरबहादुरलाई पनि त्यसो गर्न लगाए । शुरुमा उनी बेल्ट नखोली अगाडि बढ्दै थिए ।

तर, ड्युटीमा रहेकी महिला प्रहरीले नम्रताका साथ भनिन्, ‘सर, बेल्ट खोलेर आउनुस् १’ यसपछि आँखा बटार्दै नरबहादुरले बेल्ट त खोले, तर जाँच सकिएपछि ‘सालेहरु‘’ भन्दै दुर्वाच्य निकाले।

माननीयले नै यस्तो व्यहोरा देखाएपछि महिला प्रहरीले चेकिङ कमाण्डरका रुपमा रहेका सई कमल अधिकारीलाई सुनाए, ‘सर, यसले साले भन्यो १’ तर, सईले त्यो कुरामा त्यति ध्यान दिएनन् । ‘मान्यज्यूलाई बेल्ट पनि खोल्न लगाएको रु’ भन्दै उनले उल्टै प्रश्न गरेपछि महिला प्रहरीले थप प्रतिक्रिया दिइनन्।

यात्रामा सहभागी अन्य माननीयहरुले जनआस्थालाई त्यस दिनको घटना विवरण यसरी सुनाए, धामीजी भित्र भीआईपी कक्षमा ढिलो गरी आउनुभयो। आँखा रातो थियो, तम्तम्याइलो अवस्थामा देखिनुहुन्थ्यो। उडान समय भएकोले सुरक्षाकर्मीसँग भएको झडपबारे विस्तृत विवरण हामीलाई बताउन भ्याउनुभएन।

उनी तिनै सांसद हुन्, जसले केही समयअघि यातायात व्यवस्था विभागका महानिर्देशक सुदर्शन ढकालको कार्यकक्षको ढोकामा लात्ती बजारेका थिए। अखिलको पोखरा महाधिवेशनबाट रामकुमारी झाँक्री अध्यक्ष निर्वाचित हुँदा उपाध्यक्ष भएका धामी अहिले पनि एमालेमै छन्।

०७४ को निर्वाचनमा राजनीतिमा आफूभन्दा निकै सिनियर कांग्रेस नेता एनपी साउदलाई पराजित गरेपछि उनको घमण्ड बढेको कञ्चनपुरका एमाले नेताहरु बताउँछन्। यो खबर जनआस्थामा छ।

यो पनि, जीवनबहादुर शाहीको तालुमा आलु फलेपछि… ४० जना सदस्य भएको प्रदेशसभामा आफ्नो पार्टीका सांसद केवल ६ जना अर्थात १५ प्रतिशत मात्रै र आफू प्रत्यक्ष निर्वाचित पार्टीकै एक्लो सांसद भएर पनि जीवनबहादुर शाहीको तालुमा आलु फलेको छ।

अर्थात, अन्य पार्टीहरुको आन्तरिक किचलो र विभाजनको फाइदा उठाउँदै उनी प्रदेशको मुख्यमन्त्री बन्ने सौभाग्य पाएका छन्। प्रदेशकै सबैभन्दा ठूलो पार्टी नेकपा एमालेलाई प्रतिपक्षमा हुत्याएर प्रदेशको दोस्रो ठूलो पार्टी माओवादीको समर्थनमा मुख्यमन्त्रीको कुर्सीसम्म पुगेका शाही प्रदेशकै सबैभन्दा सानो पार्टीका सांसद हुन्।

आज उनी नियुक्तिका लागि आफ्नो बहुमत भएको दावी गर्न प्रदेश प्रमुखकहाँ गएका छन् र उनको नियुक्ति र शपथ समेत तिहारभन्दा अगाडि नै हुन सक्ने अपेक्षा गरिएको छ।

४४ महिना सम्म कर्णाली प्रदेशका मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएपछि कांग्रेसका तर्फबाट जीवनबहादुर शाहीले मौका पाएका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाखमा विश्वासको मत लिँदा सत्तारुढ गठबन्धनबीच भएको सहमति अनुसार कांग्रेस संसदीय दलका नेता शाही नयाँ मुख्यमन्त्री बन्न लागेका हुन्।

२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा हुम्लाको प्रदेश ‘ख’ क्षेत्रबाट निर्वाचित भएका शाही कर्णाली प्रदेशमा कांग्रेसको तर्फबाट प्रत्यक्ष निर्वाचन जित्ने एक्ला सांसद हुन्। केन्द्रीय सरकारका पूर्व पर्यटनमन्त्री समेत भएका शाही मुख्यमन्त्री बन्ने पूर्व योजना अनुसार नै कर्णाली प्रदेशको प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका थिए ।

यद्यपि प्रदेशमा बाम गठबन्धनको अगाडि कांग्रेसले नराम्रो हार व्यहोरेपछि ४ वर्षअघि नै मुख्यमन्त्री बन्ने उनको योजना तुहिएको थियो । तर, तत्कालीन बाम गठबन्धन तीन टुक्रा भएपछि उनलाई चिठ्ठा परेको हो । कुल ४० सांसद रहेको कर्णाली प्रदेशमा कांग्रेसको कृवल ६ सिट । यो कूल सांसद संख्याको १५ प्रतिशत मात्र हो ।

४ वर्षअघि समानुपातिक सहित ६ सिटमा खुम्चिएको कांग्रेसले प्रदेश सरकारको नेतृत्व गर्नु त परको कुरा प्रतिपक्षमा समेत निकै कमजोर हैसियतमा पुगेको थियो । तर, अन्य दलभित्रको किचलोले अहिले उनै शाहीलाई मुख्यमन्त्री बनाउने अवस्था आएको छ।

शाही आज नै बहुमतको दावी पेश गर्न प्रदेश प्रमुख कार्यालय गइसकेका छन्। उनी मुख्यमन्त्री बन्ने निश्चित भइसकेको अवस्थामा महेन्द्रबहादुर शाही निकट एक नेताले भने, ‘माननीय महेन्द्रबहादुर शाहीले सत्ता गठबन्धन केन्द्रदेखि प्रदेशसम्म बलियो बनाउन र कात्तिक १५ गतेपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने सम्झौता भएअनुसार उहाँले राजिनामा दिनुभएको हो।

राजनीतिमा इमान्दारिता भन्ने कुरापनि हुन्छ । त्यो नैतिकता उहाँले देखाउनु भएको छ। ४० जना सांसद रहेको कर्णाली प्रदेशमा एमालेका चार सांसद कारवाहीमा परेपछि उनीहरुको पद रिक्त छ भने माओवादीका एक सांसद पनि एमालेमा गएपछि सो पद पनि रिक्त छ।

त्यसैले हाल कायम रहेको संख्या ३५ हो जसमा बहुमतका लागि १८ सिट चाहिन्छ । माओवादीसँग १२ सिट छ भने कांग्रेससँग ६ सिट छ। यसरी माओवादी र कांग्रेसको झिनो बहुमतको सरकार बन्ने भएको छ।

माओवादीको राम्रो आधार क्षेत्र रहेको कर्णाली प्रदेशमा गत बैशाखमा महेन्द्रबहादुर शाहीले कांग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्ने सम्झौता गरेका थिए। कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृह प्रदेशपनि रहेकाले उनी माओवादीबाट सत्ता आफ्नो पोल्टामा ल्याउन चुकेनन् भने,

माओवादी पनि देशभरबाट गिरेको जनमतको साख कांग्रेससंगको सत्ता गठबन्धनको माध्यमबाट जोगाउने दाउमा रहेकाले सत्ता साझेदारीमा इमान्दार भएका छन्। इमान्दार मेडिया बाट