मलेसियामा नेपाली आन्दोलित, मलेसिया सरकारले भने जेल कोच्ने चे’तावनी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ कात्तिक ।

मलेशियाको जोहोर बाहरु क्षेत्रमा सिलोङ स्थित रहेको एनएसएल. एस्टर्न प्रोटेक एसडीएन.बिएचडी कम्पनीमा करिब २०० नेपाली मजदुरहरु आन्दो’लनमा उत्रेका छन। २ महिना अघि देखि कम्पनीले मनोमानी किसिमले न्युनतम तलब कटौती गरेपछि

उनिहरु आन्दोलनमा उत्रिएको बताएका छन। सोमवार बिहान देखि आन्दो’लनरत कामदार र कम्पनिमा बिचमा सहमती जुट्न नसक्दा कम्पनीको काम ठप्प पारेर मजदुरहरु आ आफ्नै होस्टेलमा फर्किएका छन।

कम्पनीमै कार्यरत रहेका एक नेपाली कामदारका अनुसार कम्पनीले न्युनतम तलब कटौती बारे बुझ्न खोज्दा कम्पनीका प्रतिनिधिहरुले प्रहरी बोलाएर जे’ल हाल्ने ध’म्की समेत दिएको छ। ध’म्की पछि काम ठप्प पारेर आन्दो’लनमा

उत्रिएका उनिहरुले आफ्ना माग पूरा भए वा सम्झौता अनुसारको न्युनतम तलब भुक्तानी गर्ने सर्तमा कम्पनीले सहमति जनाए पुन काममा फर्किने एक मजदुरले संदेश प्रवाह अनलाइन लाई श्रोत गोप्य राख्ने सर्तमा जानकारी दिए।