मलेशिया रोजगार अपडेट: नेपाली दुताबास भन्छ मलेशिया खुलेको बारे यस्तो भन्छ ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ कात्तिक ।

मलेसियामा रहेको नेपाली दूतावासले नयाँ कामदार मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ । मलेसियाको रोजगारी खुलेको र दूतावासबाट माग पत्र प्रमाणीकरण भइरहेको भन्ने विषयमा ध्यानाकर्षण भएको भन्दै दूतावासले भिसाको म्याद भएकाहरू मलेसिया आउन सक्ने व्यवस्था भए पनि नयाँ कामदार आउन पाउने बारे कुनै जानकारी नआएको जनाएको छ ।

भिसाको अवधि भएकाहरूले मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सात दिनको क्वरेण्टीन बस्ने गरी मलेसिया जान सक्नेछन् । कोरोना महामारी रोकथामका लागि मलेसिया सरकारले सन् २०२० को मार्च १८ देखि नै आवागमन नियन्त्रण गरेको छ । मलेसियाले आवागमन नियन्त्रण लागू गरेदेखि नै दूतावासले स्थगित गरेको माग पत्र प्रमाणीकरणको काम अहिलेसम्म पनि सुरु भएको छैन । माग पत्र प्रमाणीकरणको काम सुरु हुनासाथ सूचना जारी गरिने हुँदा अहिले अन्य कुरामा भ्र’ममा नपर्न दूतावासले अनुरोध गरेको छ । उज्यालोअनलाइन

दुताबासले जारी गरेको सुचना यस्तो छ

वैदिशिक रोजगारीको लागि मागपत्र प्रमाणीकरण सुचारु नभएको सम्बन्धमा

मलेसियामा रोजगारी खुलेको र राजदूतावासबाट माग पत्र प्रमाणीकरण भइरहेको भन्ने विषयका सम्बन्धमा यस राजदूतावासको ध्यानाकर्षण भएको छ। भिषाको म्याद कायम भएका व्यक्तिहरुलाई रोजगारदाताले मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सातदिनको क्वारेण्टाइन बस्नेगरी मलेसिया आउन सक्ने व्यवस्था भए पनि नयाँ कामदार आउन सक्ने सम्बन्धमा मलेसिया सरकारबाट राजदूतावासलाई कुनै जानकारी आएको छैन।

कोभिड-१९ को प्रभाव नियन्त्रण गर्न मलेसियाले २०२० को मार्च १८ देखि लागू गरेको आवागमन नियन्त्रणसँगै स्थगित गरिएको मागपत्र प्रमाणीकरणको कार्य हालसम्म सूचारु गरिएको छैन। मागपत्र प्रमाणीकरणको कार्य सुचारु हुनासाथ सूचित गरिने र मागपत्र प्रमाणिकरण भएको जानकारी FEIMS मार्फत कामदार छनौट गर्न वारेसानामा (Power of Attorney) प्राप्त वैदेशिक रोजगारी व्यवसायी संस्थालाई पुग्ने भएकोले यस बाहेक अन्य कुरामा भ्रममा नपर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।