के भयो एकासी गगन थापा लाई, नेता कार्यकर्ता निराश !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ कात्तिक ।

नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगनकुमार थापाल अस्वस्थ्य भएका छन्। उनी अस्वस्थ्य भएको खबर बाहिरिएपछि नेताकार्यकर्ता चिन्तित बनेका छन्। पूर्वमन्त्री समेत रहेका थापालाई सामान्य ज्वरोसहितका लक्षण देखिएको छ।

२ दिनदेखि नेता थापालाई ज्वरो आएपछि काठमाडौंको ज्ञानेश्वरस्थित निवासमा आराम गरिरहेका छन्। नेता थापाले टेलिफोनमा भने, ‘१÷२ दिनदेखि सामान्य ज्वरो आएको छ। घरमै आराम गरेर बसेको छु।

घरमै आराम गरिरहेका नेता थापाले चिकित्सकहरूको सल्लाहअनुसार औषधि सेवन गरिरहेका छन्। उनले पीसीआर टेष्टका लागि पठाएको जनाएका छन्। कांग्रेसको १४औँ महाधिवेशनका लागि तयारीहरू गरिरहेका बेला नेता थापा अस्वस्थ्य भएका छन्।

थापाले महामन्त्रीका लागि तयारी गरेका छन्। उनले महामन्त्री पदमा मत माग्दै आएका छन्। मत माग्दा माग्दै धपेडि भएपछि ज्वरो आएको जानकारहरुको भनाई छ। नेता थापाले भेटघाटलाई पातलो बनाएका छन्। उनले अति आवश्यक काममा मात्रै भेटघाट गर्ने गरेका छन्।

यसअघि नेकपा एमाले सचिव योगेश भट्टराई र नेकपा एकीकृत समाजवादीकी सचिव तथा सहरी विकास मन्त्री रामकुमारी झाँक्री पनि विरामी परेका थिए। उनीहरुको वीर अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्यमा सामान्य हुँदा घरमै आरामा गरेका उनीहरु पनि अन्तमा अस्पताल भर्ना भएका थिए।

यसैगरि, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयमा अहिले देखिएको विवाद पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदालतसँग गरेको सेटिङको परिणाम भएको आरोप लगाएका छन्। उहाँले हिजो अदालतमा सेटिङ गर्नुभएको थियो, अहिले त्यसैको प्रतिफल अदालतमा देखिरहेको छ।

पौडेलले आइतबार साँझ जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग भने। यस्तै ओलीले अरु निर्दोष न्यायाधीशहरूको विषयमा प्रश्न उठाउनुको औचित्य नभएको नेता पौडेलको दावी छ। अहिले ओलीजीले प्रधानन्यायाधीशसहित अरु न्यायाधीशलाई पनि कारबाही गर्नुपर्छ भनिराख्नुभएको छ।

यो उहाँले गलत कुरा भनिरहनुभएको छ । जसमाथि प्रश्न उठेको हो, उसको विषयमा बोले हुन्छ। अरुमाथि प्रश्न उठाउनुको औचित्य छैन,’ नेता पौडेलले भने। मुलुकको परिस्थिति असहज बन्दैजाँदा कांग्रेस, सत्तारुढ गठबन्धन र सरकार तथा प्रतिपक्षी दललेसमेत गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ।

नेता पौडेलले बताएका छन्। अहिले देशमा परिस्थिति सहज छैन। एकातिर संसद् राम्रोसँग चल्न पाएको छैन भने अर्कोतर्फ अदालतको अवस्था त्यस्तो छ। अदालत, जो सबैभन्दा अन्तिम आश्रमस्थल भने पनि हुन्छ। उ स्वयं विवादमा फसेको छ।

बारले असन्तोष जनाएर धर्ना बसिरहेको छ। न्यायाधीशहरू इजलासमा उपस्थित छैनन्,’ पौडेलले भने, ‘राजनीतिक पार्टीहरूले के गर्ने भनेर गम्भीर भएर सोच्नुपर्ने, छलफल गर्नुपर्ने बेला आएको छ। अब गठबन्धनमा होस् वा संसद्‍मा होस्, अदालतको यही स्थिति रहिरहने हो भने हामीले सोच्नुपर्ने हुन्छ।

हाम्रो पार्टी, गठबन्धन र प्रतिपक्षले पनि सोच्नुपर्ने कुरा हो। आगामी निर्वाचनलाई लक्षित गर्दै नेता पौडेलले कांग्रेस आफ्नो शक्तिमा विश्वास गर्ने पार्टी भएको बताए। उनले आगामी आमनिर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय अहिले नटुंगिएको पनि बताए।

हाम्रो पार्टी एक्लै चुनाव लड्दैआएको पार्टी हो। हामी आफ्नो शक्तिमा विश्वास गर्छौ। अहिले एक्लै लड्ने वा गठबन्धन गर्ने भनेर टुंगिएको छैन। त्यतिखेर कसले हामीलाई साथ दिन्छन्, कसलाई साथ दिनुपर्ने हुन्छ। त्यहीबेला टुंगो लाग्छ,’ उनले भने, ‘त्यतिबेलाको कुरा अहिले भन्न सकिँदैन।

तेस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव हात धोएरै नेपाली कांग्रेस र प्रधानमन्त्री शेर बहादुर देउवाविरुद्ध लागेका छन्। प्रचण्डको मिलेमतोमा यादव देउवा विरुद्ध कदम चाल्न थालेका छन्।

अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको गठबन्धन सरकार छ। प्रधानमन्त्री शेरबहादुर देउवा छन्। प्रचण्ड, माधव र उपेन्द्रहरुले पटक पटक बिन्ती गरेपछि कांग्रेस सभापति देउवा बाध्यात्मक रुपमा प्रधानमन्त्री बन्न तयार भएका हुन्।

उतिबेला आफै प्रधानमन्त्री बनाउन जोड गर्ने प्रचण्ड र उपेन्द्रहरुले अहिले भने देउवाविरुद्ध घेराबन्दी गर्न थालेका छन्। देउवालाई आफूहरुले प्रधानमन्त्री बनाएको भन्दै जथाभावी बोल्दै हिँडेका छन्। प्रचण्डले जता जता गयो त्यतै त्यतै म यो गरिदिन्छु, उ गरिदिन्छु भनेर हिँडिरहेका छन्।

यसैक्रममा उपेन्द्र यादव पनि प्रधानमन्त्री देउवा र सरकारविरुद्ध घेराबन्दीमा उत्रिएका छन्। आफू उपप्रधानमन्त्री बन्न नपाएको रिस उपेन्द्रले कांग्रेसमाथि पोखिरहेका छन्। त्यसमाथि आफूले भनेजस्तो मनपरी सरकारमा गर्न नपाएपछि उपेन्द्र आक्रोशित छन्।

एकातिर कांग्रेसको नेतृत्वमा सत्ता गठबन्धन गर्ने र अर्कोतिर कांग्रेसकै खोइरो खनेर उपेन्द्रले दोकलापन देखाएका छन्। उनले कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्नै कठिन रहेको भन्दै गठबन्धन छाड्ने संकेत गरेका छन्।

पार्टीको भातृसंगठन गैरभौगलिक विशेष प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै यादवले बहुदल आएपछिका सबै विकृति फैलाउने काम कांग्रेसले गरेको आरोप लगाए।

सरकार गठन भएको तीन महिनापछिमात्र आफ्नो पार्टी सरकारमा सहभागी भएको भन्दै यादवले तीन महिनाभित्र कांग्रेसले थाहा नै नदिइ आफूनिकट व्यक्तिमात्र भर्ती गरेको आरोप लगाएका छन्।

उपेन्द्र आरोपमा उत्रेपछि कांग्रेसका नेताहरुले असन्तुष्टि जनाएका छन्। आफै सरकारमा रहने अनि आफै गठबन्धनको नेतृत्व दलको खोइरो खन्ने भन्दै दोहोरो चरित्र नदेखाउन चेतावनी दिएका छन्।