जाने होईन त माल्टा : तलब २ लाख ८२ हजारसम्म, सेवा शूल्क ४० हजार मात्रै

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ कात्तिक ।

वैदेशिक रोजगारीको लागि माल्टाबाट नेपाली श्रमिकको लागि माग आएको छ ।माल्टाको इस्टन कन्सल्टेन्सी सर्भिस कम्पनीले विभिन्न १२ पदका लागि ५८ जना नेपाली श्रमिकको माग गरेको छ ।

नेपालको इन्टरनेशनल प्रा. लिले वैदेशिक रोजगार कार्यालय ताहाचलबाट माल्टाको डिमाण्ड पुर्व स्वीकृति लिएर विज्ञापन गरेको हो ।

सेक्युरिटी गार्ड, वार टेन्डर, पिज्जा मेकर, वेटर, किचन हेल्पर, केयर गिभर लगायत विभिन्न १२ पदका लागि श्रमिकको माग गरिएको छ।

खाने बस्ने सुविधा सहित काम अनुसार न्यूनतम मासिक तलब १ लाख ३४ हजार देखि अधिकतम २ लाख ८२ हजार सम्म तोकिएको छ ।

ओभर टाईम सुविधा, वार्षिक बिदा कम्पनीको नियमानुसार हुने जनाइको छ।

वैदेशिक रोजगारीमा जाने परेनन् सरकारको प्राथमिकतामा

सरकारले जुलाई महिनाभरमा चीनबाट तीन चरणमा कोभिड–१९ विरुद्धको खोप ल्याउने बताएको छ । तर वैदेशिक रोजगारीमा जानेहरूलाई भने सरकारले अहिले पनि प्राथमिकतामा राखेको छैन । चीनबाट ल्याउन लागिएको भेरोसेल खोप लगाउने पहिलो प्राथमिकतामा सरकाले ५५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई राखेको छ ।

वैदेशिक रोजगारी जानेहरूले आफूहरूलाई खोप उपलब्ध गराउन माग गर्दै आएको भए पनि अहिले उनीहरूको बारेमा कुनै निर्णय नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अवस्था सामान्य हुन्थ्यो भने रोजगारीको खोजीमा दैनिक सरदर एक हजार मानिस विदेश उड्थेँ । तर कोरोना महामारीले वैदेशिक रोजगारलाई थला परेको छ । गएको वर्ष गन्तव्य देशहरू नै कोरोनाबाट नराम्रोसित प्रभावित भए ।

कति नेपाली श्रमिकले रोजगारी गुमाए । खोप आएपछि खाडीको अर्थतन्त्र बिस्तारै चलायमान हुँदै छ । तर वैदेशिक रोजगार व्यवसायीले दोस्रो लहर सुरु हुनुअघि ल्याएका मागमा पनि कामदार पठाउन सकेका छैनन् । कोरोना सङ्क्रमण रोकथामका लागि गन्तव्य देशले थपेका कडा मापदण्ड र नेपालको निम्छरोपनले बैदेशिक रोजगारलाई झन् जटिल पारेको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका कार्यवाहक अध्यक्ष कमल तामाङ बताउनुहुन्छ ।

‘सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोप उपलब्ध नगराए, धेरैको रोजगारी गुम्ने खतरा भएको छ, अहिले गन्तव्य देशले खोपलाई अनिवार्य गर्दै लगेका छन्,‘उहाँ भन्नुहुन्छ,‘तर नेपाल सरकारले अहिले पनि उमेर समूहलाई नै प्राथमिकतामा राखेको छ, यो दुर्भाग्यपूर्ण कुरा हो ।’

वैदेशिक रोजगारीमा जान्छु भन्ने सबैलाई खोप उपलब्ध गराउन नसके पनि श्रम स्वीकृति लिइसकेका श्रमिकलाई भने खोप उपलब्ध गराउनु पर्ने वैदेशिक रोजगार व्यवसायीको माग छ ।