२०८१ सालभित्र नेपालमा गणतन्त्र समाप्ती भएर राजतन्त्रको स्थापना हुन्छः ज्योतिष खतिवडा

हाम्रो सन्देश संवाददाता

काठमाडौं।

आचार्य गुरु पुष्कर खतिवडाले आगामी २०८१ सालसम्म नेपालमा गणतन्त्रको समाप्ती भएर राजतन्त्र स्थापना हुने भविष्यवाणी गरेका छन् ।

उनले गणतन्त्रको नेपाली जनताको नासो नभएको बरु विदेशीहरुको पासो भएको दाबी गरे । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कुनैपनि हालतमा नहट्ने बताएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकारले राम्रो काम गरेको सुनाए । उनले आफूले पनि राम्रो काम गरेकोले सरकारले सहयोग गर्नेमा विश्वस्त रहेको सुनाए ।

उनले फेरि नेपालमा लकडाउन हुने पनि बताए । उनले कोरोना महामारीको तेस्रो लहर आईसकेको सुनाए । उनले जनता रोग र भोकले मर्ने खतरा औंल्याए ।
ओलीले अदालतसँग सेटिङ गर्दा न्यायालयमा विवाद भयोः रामचन्द्र पौडेल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयमा अहिले देखिएको विवाद पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदालतसँग गरेको सेटिङको परिणाम भएको आरोप लगाएका छन् ।

‘उहाँले हिजो अदालतमा सेटिङ गर्नुभएको थियो, अहिले त्यसैको प्रतिफल अदालतमा देखिरहेको छ,’ पौडेलले आइतबार साँझ जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग भने ।

यस्तै ओलीले अरु निर्दोष न्यायाधीशहरूको विषयमा प्रश्न उठाउनुको औचित्य नभएको नेता पौडेलको दावी छ । ‘अहिले ओलीजीले प्रधानन्यायाधीशसहित अरु न्यायाधीशलाई पनि कारबाही गर्नुपर्छ भनिराख्नुभएको छ ।

यो उहाँले गलत कुरा भनिरहनुभएको छ । जसमाथि प्रश्न उठेको हो, उसको विषयमा बोले हुन्छ । अरुमाथि प्रश्न उठाउनुको औचित्य छैन,’ नेता पौडेलले भने ।

मुलुकको परिस्थिति असहज बन्दैजाँदा कांग्रेस, सत्तारुढ गठबन्धन र सरकार तथा प्रतिपक्षी दललेसमेत गम्भीर भएर सोच्नुपर्ने बेला भएको नेता पौडेलले बताएका छन् । ‘अहिले देशमा परिस्थिति सहज छैन । एकातिर संसद् राम्रोसँग चल्न पाएको छैन भने अर्कोतर्फ अदालतको अवस्था त्यस्तो छ ।

अदालत, जो सबैभन्दा अन्तिम आश्रमस्थल भने पनि हुन्छ । उ स्वयं विवादमा फसेको छ । बारले असन्तोष जनाएर धर्ना बसिरहेको छ । न्यायाधीशहरू इजलासमा उपस्थित छैनन्,’ पौडेलले भने, ‘राजनीतिक पार्टीहरूले के गर्ने भनेर गम्भीर भएर सोच्नुपर्ने, छलफल गर्नुपर्ने बेला आएको छ ।

अब गठबन्धनमा होस् वा संसद्‍मा होस्, अदालतको यही स्थिति रहिरहने हो भने हामीले सोच्नुपर्ने हुन्छ । हाम्रो पार्टी, गठबन्धन र प्रतिपक्षले पनि सोच्नुपर्ने कुरा हो ।’

आगामी निर्वाचनलाई लक्षित गर्दै नेता पौडेलले कांग्रेस आफ्नो शक्तिमा विश्वास गर्ने पार्टी भएको बताए । उनले आगामी आमनिर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय अहिले नटुंगिएको पनि बताए ।

‘हाम्रो पार्टी एक्लै चुनाव लड्दैआएको पार्टी हो । हामी आफ्नो शक्तिमा विश्वास गर्छौँ । अहिले एक्लै लड्ने वा गठबन्धन गर्ने भनेर टुंगिएको छैन । त्यतिखेर कसले हामीलाई साथ दिन्छन्, कसलाई साथ दिनुपर्ने हुन्छ । त्यहीबेला टुंगो लाग्छ,’ उनले भने, ‘त्यतिबेलाको कुरा अहिले भन्न सकिँदैन ।