नेपाली सेनाभित्रको चर्चित काण्ड बाहिरियो, उपद्रो गरेपछि चौतर्फी आलोचना

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १४ कात्तिक ।

सेनाका हाकिमहरू, कोही अफिसर मेसमै गति छाड्ने त कोही ‘आमा’ भन्नुपर्नेलाई पनि जथाभावी गरिदिने, जंगीअड्डाभित्र बेलाबेला चर्चा हुने घटना हुन् यी। भट्टराई थरका एकजना मेजरकी प्रेमिका थिइन्, गणेश दलकी क्याप्टेन। तनहुँ घर भएका, अधिकारी थरका अर्का अफिसरले पनि उनैलाई आँखा लगाएका।

एकदिन नगरकोट तालिम गर्दागर्दै क्याप्टेनको घरमा पर्खाल नाघेर अधिकारी पुगे। हुँदाहुँदा गणेश दलको अफिसर मेसमै अनेकथोक गरिहेको अवस्थामा सेन्ट्रीले मोबाइलमा खिच्न भ्याए। हाकिमहरूले मेसमै बसेर नानाभाँती गरेको सह्य भएन, बुझाइदिए भिडियो रेकर्ड।

अहिले सैनिक प्रवक्ता ९डिपिआर प्रमुख० सन्तोषबल्लभ पौडेल त्यसबेला त्यहाँका गणपति। सैनिक अदालतले मेसमा आपत्तिजनक क्रियाकलाप गर्ने दुबैलाई सेवाबाट बर्खास्त ग¥यो।

तर, पछि विशेष अदालतको आदेशले उनीहरू जागिरमा फर्किए। अर्को अफिसरसँग त्यसरी काण्डमा परेको भनेर प्रेमी तथा मेजर भट्टराईले प्रेमिकाको साथ छाडेनन्। ‘अबदेखि यस्तो नगर है’ भने, अनि विवाह पनि गरे। अहिले उनीहरूको गृहस्थी राम्रोसँग चलेको छ।

केही वर्ष पहिल्यै यस्तै घटना भयो, भक्तपुरस्थित खरिपाटी शिक्षालयमा । जर्नेल रघुचन्द्रबहादुर सिंह महासेनानी हुँदा भतिज मेजर थिए, महेन्द्रबहादुर सिंह । पूर्वप्रधानसेनापति गौरवसमशेर राणाकै व्याची, १० बेसिकका। पढाई, सैन्य अभ्यासदेखि हरेक कुरामा अब्बल।

उनलाई भावी प्रधानसेनापतिका रुपमा पनि हेरिन्थ्यो। तर, काका शिक्षालयमा व्यस्त भएको मौका पारेर एकदिन काकीमाथि जथाभावी गर्न घरै पुगे। काकीले छोरोसमान भतिजोको दुव्र्यवहार सहने कुरै थिएन। पतिलाई भनिन्। यही काण्ड लागेर महेन्द्र बर्खास्तीमा परे। काका–काकी साथै रहे।

प्रमुख सेनानी दर्जाका कमल रावल राष्ट्रपति कार्यालयमा थिए। भाइटीका लगाएकी युवतीलाई घरमै अनुचित व्यवहार गरेको दृश्य श्रीमतीले नै फेला पारिन्, रंगेहात। यो घटनाले जागिर त तलमाथि भएन, तर पत्नीले दुःखमा साथ छाडिनन्।

अर्कातिर, सेनामा जागिर जानलाई कुनै उजुरबाजुर पनि नचाहिने स्थिति छ। जर्नेल पंकज कार्की सुडान मिशनमा हुँदा उनीमाथि विभिन्न आरोप लाग्यो, लिखित हैन, गाइँगुइँ । त्यसपछि जंगी अड्डाले मोबाइल छानवीन गर्यो।

शंकास्पद देखिएर केही महिनाअघि बर्खास्त भए। कसैको उजुरी पनि थिएन, तर जागिर गयो। उनले पुनर्वहालीका लागि विशेष अदालतमा रिट हाले। तर, सेनाकै कलेजमा एमबिबिएस पढ्ने छोरालाई मनोवैज्ञानिक तनाव नहोस् भनेर बाबुले पुनर्वहालीको रिट फिर्ता लिइदिए। जनआस्थामा खबर छ।

तेस्तै, बहुप्रतिष्ठित र जनआस्थाको धरोहर नेपाली सेनामा केही कर्मचारीहरुको गैरनैतिक चरित्रदेखाएर अनुशासन उल्लङ्घन गरेको सार्वजनिक भएको छ। उनीहरुको यस्ताखालका हर्कतले नेपाली सेनाको बदनामी भएको छ।

सेनामा हदभन्दा बढी गर्ने नहुने कार्यहरु बाहिरिन थालेपछि उनीहरुको नैतिकतामाथि प्रश्नसमेत उठेको छ। सुरक्षा निकायमध्येको प्रमुख अंग नेपाली सेनामा अनुशासन कडा रहेको प्रष्ट छ। तर,अहिले नेपाली सेनाका एक जना मेजरको शरीरभरि टाटु खोपिएको फोटो सार्वजनिक भएको छ।

प्राप्त जानकारीअनुसार यसलाई सेनाभित्र अनुशासन उल्लंघनका रुपमा अन्य फौजका अफिसरले लिने गरेको पाइन्छ । सैनिक स्रोतका अनुसार नेपाली सेनामा जागिर खाने कसैले पनि शरीरको कुनै पनि भागमा टाटु खोप्न नपाईने भएपनि मेजर राजनसिंह अधिकारीले त्यो निमय मिचेका हुन् ।

उनले शरिरभरी टाटु नै टाटु हानेको एउटा तस्वीर भाइरल भएको छ । उनीमात्र होइन् महिला अधिकृतले समेत टाटु बनाउन थालेको स्रोत बताउछ । यो विषयले नेपाली सेनाको गरिमा माथि धक्का लागेको छ ।

भर्खरै प्रधानसेनापति भएका पर्शुराम शर्मालाई समेत यो विषयले झस्काएको छ । उनीमाथि यस्ता अफिसरहरुलाई कारवाही गरेर सेनालाई सुदृढ बनाउन चुनौति थपिएको छ ।

भारतबाट न्याश्नल डिफेन्स कोर्स गरेका शर्मा अमेरिकाका विभिन्न शिक्षालयहरूबाट तालिमहरू गरेको अनुभव छ । नेपाल–भारतबीच वार्षिक रूपमा सञ्चालन हुने सुरक्षासम्बन्धी उच्चस्तरीय बैठकहरूमा भाग लिएकाले पनि यस्तै शैनिकलाई तह लगाउन सक्षम छन् ।

युद्ध कार्य महानिर्देशक, संभाररथी महानिर्देशक र बलाध्यक्षजस्ता जङ्गी अड्डा भित्रका महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै उनी नेपाली सेनाको दोस्रो उच्च पद बलाधिकृतमा नियुक्त भएका थिए।

राष्ट्र सङ्घको पूर्वी टिमोर र कङ्गोमा रहेको मिसनमा खटिने नेपाली फौजको कमान्ड गरेका उनी सन् २००८ देखि २०११ सम्म बाङ्ग्लादेशको ढाकामा सैनिक सहचारी रहेका थिए।

त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका उनले भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफीलसम्म अध्ययन गरेका छन्।

यसैगरि, नेपाली सेनाले कर्मचारी पदपूर्तिका लागि विज्ञापन खोलेको छ। आफू मातहतका विभिन्न निकायहरुमा रिक्त रहेका पदहरुमा पदपूर्तिका लागि विज्ञापन खोलेको हो।

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा करार सेवामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको सैनिक कल्याणकारी महानिर्देशनालयले जनाएको छ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र महानिर्देशनालय, जंगी अड्डा र सम्बन्धित महाविद्यालय तथा विद्यालयका साथै सैनिक अस्पतालहरुमा दरखास्त दिन सक्नेछ। सेनाले कल्याणकारी कोष अन्तर्गत अस्पताल, विद्यालय, पेट्रोलपम्प लगायत सञ्चालन गर्दै आएको छ।

आइतबार सेनाले निकालेको सूचनाअनुसार दरखास्त आह्वान भएका पदहरुमा खुला प्रतिस्पर्धाद्वारा नियुक्ति गरिनेछ। सेनाले आज अर्थात कार्तिक ७ गते पहिलो पटक सूचना प्रकाशित गरेको हो।

सैनिक कल्याणकारी कोषको लगानीमा संचालित विभिन्न निकायहरुमा रिक्त रहेका देहायमा उल्लेखित पदहरु खुल्ला प्रतिस्पर्धाद्वारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुलाई सम्पर्क गर्न भनेको छ।

यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध) दिन भित्र कार्यालय समयमा श्री सैनिक कल्याणकारी महानिर्देशनालय, जंगी अड्डा सम्बन्धित महाविद्यालय÷विद्यालयहरु तथा सैनिक अस्पतालहरुमा दरखास्त फाराम भर्न आव्हान गरेको जनाएको छ। इमान्दार मेडिया बाट