अब देशमा राष्ट्रिय मुक्ति आन्दोलन गर्नुपर्छः राजेन्द्र महतो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ कात्तिक ।

नेपालमा अब राष्ट्रिय मुक्ति आन्दोलन गर्नुपर्ने समय आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता पूर्व उप्रधानमन्त्री राजेन्द्र महतोले बताएका छन ।

लोसपा नेपालले शुक्रवार सर्लाहीको ब्रहम्पुरी गाउँपालिकामा दिपावली, छठ पर्वको अवसरमा शुभकामना आदन प्रदान एवम् कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतो देशमा शोसन उत्पीडनमा परेका सबैवर्ग मिली राष्ट्रिय मुक्तिको आन्दोलन गर्नुपर्नेमा जोड गरेका छन ।

मधेशी, थारु, दलित र जनजाती लगायत अधिकारबाट बञ्चित गरिएका सबै मिलि अलग अलग नभएर एकै ठाउँबाट आन्दोलन गर्नुपर्ने बताए । त्यसका लागि तयारीमा जुट्न नेता महतोले कार्यकर्तालाई आग्रह समेत गरेका छन ।

‘यहाँ सेटिङ्गमा न्यायालय चलेको छ’,– उनले भने ‘नेपालमा प्रधानन्यायाधीशलाई पनि भागबण्डा र मन्त्री चाहिएको छ ।’ यहाँ वकिल बीच कुटाकुट भईरहेको छ यो सबै घटनाले न्यायालयको बारेमा छलंङ्ग भएको छ ।

नेपाल यस्तो देश जहाँ न्यायालय र देश सेटिङ्गबाट चलीरहेको सभालाई सम्बोधन गर्दै महतोले बताए । शासंक वर्गद्वारा यहाँ अपराध भईरहेको उनले आरोप लगाए।

जनता अधिकार माग्दा गोली खानुपरेको महतोले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष विनोद कुमार साह ब्रहम्पुरी गाउँपालिकालाई धुवा मुक्त गर्ने घोषणा गरेका छन । त्यसको लागि गाउँपालिकाको ‘जनजन–धनधन’ योजना मार्फत ग्यास चुलहो, इण्डक्सन चुल्हो र रकेट चुल्हो वितरण गरिने जानकारी गराए ।

त्यस्तै खानेपानीको लागि हैण्ड पाईप वितरण र किसानलाई सिचाईमा सहजताको लागि कृषि विद्युतिकरण, स्यालो ट्यूवेल, मोटर पम्प वितरण गर्ने गाउँपालिका अध्यक्ष साहले बताएका छन । केही दिन भित्रै यो सबै काम सुरु गरिने उनले बताए ।

प्रदेश सांसद गौरीनारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री चन्दा चौधरी, पूर्व प्रदेश मन्त्री जितेन्द्र सोनल प्रदेश सांसद उपेन्द्र महतो, अभिराम शर्मा, रानी तिवारी शर्मा, लोसपा नेता राकेश मिश्र, जिल्ला संयोजक रामप्रसाद राय, मेयर देवेन्द्र कुमार यादव, गाउँपालिका अध्यक्ष महेन्द्र महतो, उपाध्यक्ष द्वय गितादेवी यादव, बिनादेवी साह लगायत नेता कार्यकर्ता तथा सर्व सधारणहरुको उल्लेख संख्यामा सहभागीता रहेको थियो ।

जसपाका क्षेत्रिय अध्यक्ष लोसपमा प्रवेश

जनता समाजवादी पार्टी नेपालका सर्लाही क्षेत्र नम्बर २ का क्षेत्रिय अध्यक्ष गौरी किशोर राय यादव लोसपा नेपालमा प्रवेश गरेका छन।

यादवसंगै करिब ५०० सय जनाले जसपा पार्टी प्रत्याग गरी लोसपमा प्रवेश गरेको गाउँपालिका अध्यक्ष लोसपा नेता बिनोद कुमार साहले जानकारी दिए ।

त्यस्तै नेपाली काँग्रेस पार्टी प्रत्याग गरी अमिन साफी लोसपामा प्रवेश गरेका छन ।