महाधिवेशन सफल पार्न एमालेका १२ समिति गठन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ असोज ।

नेकपा एमालेले १०औं महाधिवेशनका लागि १२ वटा समिति बनाउने निर्णय गरेको छ । एमालेको आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशन स्थल र तयारीबारे जानकारी गराएका थिए ।

महाधिवेशनका लागि विभिन्न समितिका संयोजकहरू यसप्रकार छन्

प्रतिनिधि व्यवस्थापन: संगठन विभाग, जनपरिचालन: सुरेन्द्र पाण्डे, प्रचारप्रसार: योगेश भट्टराई, सांस्कृतिक: रघुजी पन्त/देवी ज्ञवाली, आर्थिकः विष्णु रिमाल

स्वास्थ्य: भानुभक्त ढकाल, मञ्च व्यवस्थापन: शेरबहादुर तामाङ, अतिथि सत्कार: राजन भट्टराई, आवास व्यवस्थापन: कृष्णभक्त पोखरेल, स्वयंसेवक परिचालन: विनोद श्रेष्ठ, यातायात व्यवस्थापन: काशीनाथ अधिकारी, खाद्य व्यवस्थापन: कपिल पोखरेल/पार्वती रावल

बहुविवाहका अभियुक्त ६ वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले अदालतले कैद फैसला सुनाएको एक अभियुक्तलाई ६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले साबिक रम्घा गाविस-८ हाल मध्यनेपाल नगरपालिका-४ का ३२ वर्षीय रवीन्द्र ढकाललाई ६ वर्षपछि पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार प्रहरीको विशेष टोलीले हेटौंडामा लुकीछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

फरार अभियुक्त ढकाललाई २०७३ साल कात्तिक २९ गते जिल्ला अदालत लमजुङले एक वर्ष तीन महिना १४ दिन कैद सजाय तथा १५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

कैद भुक्तानका लागी ढकाललाई शुक्रबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।