ओलीको एउटै जवाफले रातोपिरो भएर चुप लागे भिम रावल !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ कात्तिक ।

नेकपा एमालेका अध्यक्ष केपी ओली र उपाध्यक्ष भिम रावल विच केन्द्रिय कमिटी बैठैकमै नोकझोक चलेको छ ।

दश बुँदे कार्यान्वयन नभएको र आफुलाई एक्लो बनाएको भन्दै भिम रावल बम्किन थाले पछि एमाले अध्यक्ष ओलीले विचमै हस्तक्षेप गरेका थिए । सारै कम मात्रै रिसाउँने ओलीले आज भने रातो मुख लगाएर रावललाई झपारेको एक केन्दिय सदस्यले ओटीभी नेपाललाई जानकारी दिए ।

अध्यक्ष ओलीले काम गर्न सक्दिन भनेर राजीनामा दिएपछि १० बुँदेको औचित्य सकिएको बताएका थिए । ‘तपाईंले सक्नु भएन राजीनामा दिनु भयो त म के गरौँ रु,’ बैठकमा ओलीले भने, ‘अब राजीनामा दिएपछि कार्यदल पनि सकियो, १० बुँदेको उपदेयता पनि सकियो । किन कार्यदल चाहियो । तपाईंले राजीनामा दिएपछि कार्यदल नै सकियो ।’ अध्यक्ष ओलीले पार्टीको समस्याका विषयमा पार्टीका कमिटीहरुमै छलफल हुने बताए ।

जवाफमा रावलले आफूले नसकेर राजीनामा दिएको नभई आफ्नो कुरा कार्यान्वयन नभएपछि राजीनामा दिएको बताएका थिए । रावल र ओलीका बीचमा भनाभन चर्किएपछि स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य र अमृतकुमार बोहराले उनीहरुलाई रोकेका थिए ।

केन्द्रीय कमिटी सदस्यहरुले पनि स्थायी कमिटीको समस्या स्थायी कमिटीमै मिलाउनुपर्ने बताएपछि उनीहरुको विवाद रोकिएको थियो । ओलीले झपार्दा समेत अरु कसैको साथ नपाए पछि रावल चुप लागेका थिए ।

बैठक अवधि भर मुड अफमा बसेका रावल बैठक सकिए पछि भने महाधिवेशनमा प्रयोग हुने डिजिटल भोटिङ मेसिनमा नमुना भोटिङका लागी पुगेका थिए । एमाले एकतावद्ध भएको सन्देश गएका बेला रावलले नचाहिने लफडा गरेको भन्दै देशभरका एमाले कार्यकर्ताले पनि रावलको ओलोचना गरिरहेका छन् ।