प्रचण्डले अब चितवनमा कसरी चुनाव जित्छन् हेरौँला :देवी ज्ञवाली

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ कात्तिक ।

नेकपा एमालेका नेता देवी ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड फेरी चुनाव लड्न चितवन नआउँने बताएका छन् ।

ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानीमा नेता ज्ञवालीले प्रचण्ड फर्केर चितवन चुनाव लड्न आउँछन् जस्तो आफुलाई नलागेको बताएका छन् । कुन मुख लिएर चुनाव लड्न चितवन आउँन सक्छन् मलाई पटक्कै विश्वास छैन उनले भनेका छन् ।

प्रचण्ड चितवनमा चुनाव लड्ने गरि आउँछन् जस्तो नलागेको यदि आएछन् भने राम्रो सँग हिसाब किताब गर्न पनि एमाले तयार रेहेको ज्ञवालीले बताएका छन् । चुनावी मैदानमा हिसाब किताब गर्न तयार रहेको उनले बताए ।

प्रचण्डको निर्वाचन क्षेत्र नै नभएको भन्दै ज्ञवालीले यस अघि कहिले काठमाडौँ कहिले रोल्पा त कहिले सिराह गरेर डुलेको र अघिल्लो निर्वाचनमा एमालेले साथ दिने भए पछि चितवन आइपुगको भन्दै अब हारिन्छ भन्ने राम्रो सँग वुझेकाले प्रचण्ड चितवन आउँनेले ज्ञवालीको अनुमान छ ।

अन्तवार्ताका क्रममा ज्ञवालीले भनेका छन् माओवादी भन्ने पार्टी कस्तो देखीयो भने एजेरु भन्ने एउटा वनस्पती हुन्छ जुन माटोमा बस्दैन, बनस्पतीमा मात्रै बस्छ ,उसको विशेषता के हो भने जुन विरुवामा उ जन्मिन्छ र हुर्किन्छ त्यहि विरुवालाई मार्दिन्छ ।

माओवादी एक्लै कँही चुनाव जित्न सक्दैन कहिले एमालेलाई समात्छ ,कहिले काग्रेसलाई समात्छ , काग्रेसलाई समात्यो भने त्यही झगडा गराउँछ एमालेलाई समात्यो भने पनि त्यहि झगडा लगाएर पार्टी फुटाउँन खोज्छ त्यसैले वनस्पतीमा एजेरु र राजनितीमा माओवादी एकै हो । ज्ञवालीले भनेका छन् ।