सहज छैन नेपालीको लागी कुवेत, एक हप्तामै ४ नेपालीको मृ’त्युु

हाम्रो सन्देश संवाददाता

कुवेत, १२ कात्तिक ।

कुवेतमा केहि दिनको अन्तरालमा ४ नेपालीको मृ’त्यु भएको छ । मृ’तक चारै जना कुवेतमा अ’वैधानिक रुपमा बसोबास गर्दै आएको नेपाली राजदूतावासले जनाएको छ ।

मृ”त्यु हुनेमा तेर्हथुम जिल्ला आठराइ गाउँपालिका वडा नं-४ इवाकी सञ्चिता बस्नेत रहेकी छन् ।

२६ वर्षीया बस्नेतको असोज ३१ गते (अक्टोबर १७ तारिख) मा फर्वानिया अस्पतालमा मृ”त्यु भएको नेपाल कुवेत सरोकार समाजका संरक्षक राम तामाङले जानकारी दिए ।

मृतक सञ्चिता बस्नेतको श”व बुधवार स्वदेश फर्काइने राजदूतावासले जानकारी दिएको छ । बस्नेत कागजात बिनै अस्पताल भर्ना भएकी थिइन् । यस्तै ईलाम सन्दकपुर गाउँपालिका- १ का प्रदिप फागुको गत शनिबार हृदयघातका कारण ज्यान गएको छ ।

फागुलाई मंगाफस्थित ब्लक-३ मा आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृ”त भेटिएको सृजनशिल युवा समाज कुवेतका अध्यक्ष पुस्करसिंह धामीले जानकारी दिए । कम्पनीको काम सकेर सहकर्मीहरु कोठामा गएर ढक्ढक्याउदा पनि नखोलेपछी कोठा फोडेर फागुको श”व निकालिएको थियो ।

कुवेतमा ३ बर्षदेखि कार्यरत २८ बर्षिय फागु केहि समय अगाडी कम्पनिबाट भागेर अन्तै काम गर्दै आएका थिए ।