सिंहदरबारभित्र गोली चल्यो, कर्मचारीहरुको भागदौड

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० कात्तिक ।

सिंहदरबारस्थित संसद सचिवालय परिसरमा पेस्तोल पड्एिको खबर प्राप्त भएको छ । राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी पिएसओ अनुपमा भारतीेले बोेकेको पेस्तोल अचानक पड्किएको सचिवालय स्रोतले जनाएको छ ।

भारतीले कम्मरमा राखेको पेस्तोल झिक्न खोज्दा अकस्मात पड्एिपछि सचिवालयमा रहेका कर्मचारीहरुको एकछिन भागदौड मच्चिएको थियो ।
नयाँ हतियार बोकेकी भारतीले हतियार इन्ट्री गर्ने क्रममा एक्कासी पेस्तोल पड्एिको बताइएको छ । घटनाबारे भारतीमाथि थप सोधपुछ भइरहेको जनाइएको छ ।

अब्दुल्लाह अल्मुताइरीको एन्फासँग सम्झौता

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबलस सङ्घ (एन्फा) सँग तीन वर्ष सम्झौता थप गर्नुभएको छ ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशनसँग भएको छलफलपछि कुवेती प्रशिक्षक अल्मुताइरीले थप तीन वर्षको लागि सम्झौता गर्नुभएको एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले राससलाई जानकारी दिनुभयो ।

माल्दिभ्समा गत असोजमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई फाइनलमा पु¥याउनुभएको अल्मुताइरी त्यतैबाट कुवेत फर्कनुभएको थियो । भारतविरुद्ध फाइनल खेल्नुअघि उहाँले उक्त खेल नेपाली टोलीसँग अन्तिम खेल रहेको र नेपाल नफर्कने लगभग पक्काजस्तै भएको बताउनुभएको थियो ।

साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३–० गोलअन्तरले पराजित हँुदै उपविजेता बनेको थियो । मुख्य प्रशिक्षक अल्मुताइरीले तीन वर्ष नेपालको प्रशिक्षक रहन आफू सहमत भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमा पनि लेख्नुभएको छ । उहाँले छिट्टै आगामी दुई वर्षको लक्ष्य र योजना प्रस्तुत गर्ने पनि सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ ।