सुनको मूल्य आज पनि वृद्धि, कतिमा भइरहेको छ कारोबार ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ९ कात्तिक ।

चाडपर्व नजिकिएसँगै सुनको मूल्य उकालो लाग्न थालेको छ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार चार सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

आज छापावाल सुन प्रति १० ग्राम ७९ हजार तीन सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ५६ रुपैयाँ कायम भएको छ । हिजो सोमबार पनि सोही मूल्य कायम भएको थियो ।

ग्लोबल आइएमई बैंकको २८२ औँ शाखा ललितपुरको मंगलबजारमा

बल आइएमई बैंकले ललितपुरको मंगलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । २०७८ कार्तिक ७ गतेदेखि नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८२ पुगेको छ ।

बैंकले ७६ जिल्लामा २८२ शाखा, २५१ एटीएम, २६० शाखारहीत बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढि सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।