गजेन्द्र हमालका कारण गठबन्धनमा लफडा, देउवा–प्रचण्ड बोलचाल बन्द

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ कात्तिक ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका तर्फबाट मन्त्री नियुक्त गैरसांसद गजेन्द्र हमालका कारण गठबन्धनमा लफडा सुरु भएको छ । हमालले राजीनामा दिएपछि रिक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नो भागमा आउनपर्ने भन्दै दलहरूबीच फलडा भएको हो ।

सोही विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच बोलचाल बन्द भएको छ । कांग्रेसको कोटाबाट मन्त्री बनेको भन्दाभन्दै राजीनामा दिन लगाएको भन्दै असन्तुष्ट बनेका प्रचण्डले उक्त मन्त्रालय अब आफूले पाउन पर्ने अडान राखेपछि देउवा पनि रिसाएका छन् ।

सार्वजनिक आलोचना चलेका बेला हमाल कांग्रेसको कोटाबाटै मन्त्री नियुक्त भएको भन्दै प्रतिरक्षा गरेका दाहालले रिक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने माग गरेका छन् । एकीकृत समाजवादीले पनि उक्त मन्त्रालयमा दाबी गरेको छ ।

प्रधानमन्त्री देउवाले भने पार्टीको आन्तरिक गुट व्यवस्थापनका लागि उक्त मन्त्रालय कांग्रेसकै भागमा राख्न चाहेका छन् । प्रधानन्यायाधीश जबराका जेठान हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ मा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका थिए ।

त्यसलाई लिएर सञ्चारमाध्यम, न्याय क्षेत्र र सामाजिक सञ्जालमा चर्को विरोध भएपछि दाहालले असोज २३ मा चितवन पुगेर हमाल कांग्रेसको कोटाबाट मन्त्री भएकाले अनावश्यक चर्चाको तुक नरहेको प्रतिक्रिया दिएका थिए ।

दाहालले सत्ता गठबन्धन दलको बैठकमा भने प्रतिनिधिसभामा सांसद संख्याका आधारमा उक्त मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने बताएका छन् ।

यसैगरि, नेकपा एमाले सचिव योगेश भट्टराई अस्पताल भर्ना भएको दोश्रो दिनपनि स्वास्थ्यमा सुधार भएको छैन्। उनको स्वास्थ्यमा अझै सुधार नआएको चिकत्सकले बताएका छन्। ज्वरोको मात्र स्थिर छ भने प्रेसर अत्याधिक कम छ।

उनलाई किन ज्वरो आएको भनेर विभिन्न खालका परिक्षणहरु भइरहेकाले रिर्पोट नआउँदासम्म केही पनि भन्न नसकिने अस्पतालले जनाएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका शुक्रबार दिउसो अस्पताल भर्ना भएका थिए।

केही दिनदेखि उच्च ज्वरोका कारण उनी घरमै आराम गरिरहेका थिए । यद्यपि स्वास्थ्यमा समस्या कायमै रहेपछि उनी बीर अस्पतालमा भर्ना भएका थिए । उनका सहयोगी प्रेम गुरागाईँका अनुसार डाक्टरले ७ दिनसम्म भेटघाट बन्न गर्न सल्ला दिएका छन्।

डाक्टरको सल्लाह अनुसार ७ दिनसम्म भेटघाट पूर्णरुपमा बन्द गरिएको उनको भनाई छ। साथै अस्पतालमा रहेको अवधिभर मोबाइल फोन समेत स्वीच अफ रहने बताइएको छ। उनी विरामी भएको समयमा नै एमालेमा फेरी लफडा सुरु भएको छ।

१० बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार नभएपछि एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन समितिबाट राजीनामा दिएका छन् । उनले शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेको रावलको आरोप छ। कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ।

स्थायी कमिटी बैठकपछि उपाध्यक्ष रावलले भने। उनले राजीनामाको लिखित रुपमा पार्टी अध्यक्षलाई पठाउने पनि बताए । स्थायी कमिटी बैठकमा रावलले १० बुँदे सहमतिका विषयमा फरक मत पनि राखेका छन्।

यसैगरि, नेकपा एमालेमा फेरी लफडा भएको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न आली तयार नभएपछि लफडा भएको हो । १० बुँदेको औचित्य समाप्त भएको भन्दै १० बुँदे सहमति कार्यान्वयन समितिबाट एमाले उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् ।

उनले शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेको रावलले बताए।

‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले राजीनामा दिएको हुँ’ स्थायी कमिटी बैठकपछि उपाध्यक्ष रावलले भने। उनले राजीनामाको लिखित रुपमा पार्टी अध्यक्षलाई पठाउने पनि बताए।

स्थायी कमिटी बैठकमा रावलले १० बुँदे सहमतिका विषयमा फरक मत पनि राखेका छन्। उनले स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि असहमति जनाएका छन्। प्रभु साहले भनेको भरमा केन्द्रीय सदस्यमा राख्नु विधिसम्मत निर्णय नभएको रावलले बताए ।

नेकपा एमालेमा देखिएको सवाद समाधान गर्नका लागि १० बुँदे सहमति भएको थियो ।सोही सहमति अनुसार माधवकुमार नेपालले पार्टी फुटाउँदा पनि १० जना स्थायी कमिटी सदस्य एमालेमै बसेका थिए। इमान्दार मेडिया बाट