प्रतिगमनको नेतृत्व पाँच दलीय गठबन्धनले गरिरहेको छ : ओली

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ कात्तिक ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलको गठबन्धन प्रतिगामी गठबन्धन भएको आरोप लगाएका छन् । आज (शनिबार) वडा अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनमा रहेको पाँच दलीय गठबन्धन अग्रगामी हुनै नसक्ने बताए ।

‘यो प्रतिगामी शक्तिहरूको गठबन्धन हो । यो देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमन हुन नदिने, अनुशासन र अराजकता निम्त्याउने र कम्युनिस्ट सरकार ढाल्ने र राज्यस्तरबाट भइरहेको छ यो प्रतिगमनको बाटो हो’, ओलीको भनाइ छ । प्रतिगामी गतिविधिविरुद्ध सशक्त संघर्ष गर्ने भन्दै ओलीले कार्यकर्ताहरूलाई डटेर सामना गर्न निर्देशन पनि दिए ।

एमाले सकियो भन्नेहरु बलेसीका पानीका फोका हुन्ः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमालेलाई समाप्त पार्छु भन्नेहरुलाई बलेसीको पानीको फोकाका संज्ञा दिएका छन् ।

देशभरका वडा अधिवेशनहरुलाई भर्चुअल माध्यमबाट सम्वोधन गर्दै ओलीले एमाले समाप्त पार्न गठबन्धन बनाएर दलहरु लागेको आरोप समेत लगाए ।

‘हिजो एमालेलाई सरकारबाट हटाएपछि एमाले समाप्त हुन्छ भने । ती सवै बलेसीका पानीको फोका हुन । जसले हाम्रा चरित्र हतया गर्न खोजे लान्छाना लगाए । तर ती निरर्थक भए एक समय लड्डु खाने जमाना पनि चल्यो, अबिर जात्रा गरे तर एमाले तुलना नै गर्न नसकिने गरी प्रमुख शक्ति हो,’ उनको भनाइ छ ।

तल्ला कमिटीलाई सर्वसम्मत नेतृत्व छान्न आग्रह गरेका ओलीले सत्तारुढ गठबन्धनले देशलाई अस्थिरतामा धकेलेको समेत आरोप लगाए ।
गठवन्धनलाई स्वेच्छाचारिता र प्रतिगमनको बाटो भन्दै ओलीले भने, ‘गठवन्धन छाड्नुस्, हामी एक्लै चुनाव जित्ने तयारीमा छौँ यही अनुसार तयारी गर्नुहोस् ।’